arrow

एन्जेलिक केर्वर पुनः विश्व नम्बर एक टेनिस खेलाडी

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
angelique-kerber-tennis.jpeg
काठमाडौं । जर्मन खेलाडी एन्जेलिक केर्बर पुनः विश्व नम्बर एक महिला टेनिस खेलाडी बन्न सफल भएकी छिन् । छ महिनाअघि युएस ओपन जितेर अमेरिकन खेलाडी सेरेना विलियम्सलाई पछाडि पारेर विश्व नम्बर एक बनेकी केर्वरलाई गत जनवरीमा अष्ट्रेलियन ओपन जितेर सेरेना पुनः विश्व नम्बर एक बनेकी थिइन् ।
 
तर घुँडाको चोटका कारण कोर्टमा नउत्रिएकी सेरेनाई केर्वरले पछाडि पारेकी हुन् । केर्वरले छ महिनाअघि सेरेनाको लगातार १८६ हप्ता लामो विश्व नम्बर एकको स्थानमा बसेको यात्रालाई रोकिदिएकी थिइन् ।
 
अहिले पनि केर्वर कम्तीमा दुई हप्ता शीर्ष स्थानमा रहने छिन् ।
 
२९ वर्षे केर्बरले अब कम्तीमा २२ हप्ता शीर्ष स्थानमा रहने सफलता कोर्ने छिन् ।
 
विश्व महिला टेनिस इतिहासमा अमेरिकन खेलाडी स्टेफी ग्राफको नाममा ३७७ हप्ता शीर्ष स्थानमा रहेको कीर्तिमान छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ