arrow

शैक्षिक विकासका लागि झापाली समाजको क्रुज पार्टी

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
jhapali-samaj.jpg.jpeg
हेमन्त काफ्ले, सिड्नी । झापाको शैक्षिक बिकासका लागि झापाली समाज अष्ट्रेलियाले आगामी जनवरी १६ तारिखका दिन क्रुज पार्टीको आयोजना गर्ने भएको छ । झापामा रहेका सार्वजनिक विद्यालयहरुको स्तरोन्नति गर्ने योजना अघि सारेर १० वटा विद्यालयलाई सहयोग सुरु गरेको समाजले यही कार्यलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष दिपक खनालले बताए । 

खनालका अनुसार झापाका १० विद्यालयलाई ३० लाख प्रदान गरीसकेको यस संस्थाले कोही पनि विद्यार्थी गुणस्तरीय शिक्षाको अवसरबाट बञ्चित हुन नपरोस् भनी अभियान चलाएको हो । क्रुज पार्टीमा सहभागी भएर समाजका लागि योगदान पनि दिन सकिने भन्दै संस्थाका अध्यक्ष दिपक खनालले मनोरञ्जनात्मक कार्यक्रमान सहभागि हुन आग्रह गरेका छन । कार्यक्रममा सहभागी हुनका लागि ६० डलर टिकट शुल्क तोकिएको छ भने १२ वर्षमुनीका बालबालिका लागि ३० डलर टिकट लाग्ने पनि खनालले जानकारी दिए । ‘नयाँ वर्षको अवसरमा वर्षभरिका लागि नयाँ ऊर्जा र उत्साह प्राप्त गर्ने तथा साथीभाई जमघट हुने अपूर्व अवसर पनि हो । क्रुज पार्टीको संयोजक तथा समाजका उपाध्यक्ष दिपक चुडालले सामाजिक कार्यका लागि आयोजना गरिएको यस्तो कार्यक्रममा सहभागि भएर सबैले सहयोग गर्ने अपेक्षा राखेको बताए । संयोजक दिपक चुडालले अगाडि भने , हामीले झापाको सबैखाले बिकासक्रममा सहयोग गर्ने क्रममा यस पटक शैक्षिक स्तरोन्नतीलाई प्राथमिकता दिएका हौ ।

यसका साथै समाजसेवामा पनि योगदान गर्न सकिने भएकोले कार्यक्रममा सहभागी भइदिन नेपाली समूदायका सबै सदस्यहरुलाई हामी आग्रह गर्दछौं ।’ समाजका अध्यक्ष खनालले आग्रह गरे । बास्तबमा प्रवासमा रहने हरेक समाजका सदस्यले आआफ्नो क्षेत्रमा बिकास निमार्णको बिषयमा यसरी नै सहयोग गर्ने हो भने मुलुकको मुहार फेरीन समय लाग्ने छैन , समाजका भुपाल सिटौला बताउछन । उनि झापाली समाजले खेलकुददेखि हरेक खाले सामाजिक कार्यमा समाजले सहयोग पुर्याउदै आएकोमा प्रशन्न ब्यक्त गर्छन । समाजले लामो समयदेखि झापाको बिकास र बिस्तारमा सहयोग गरिरहेको र आगामी दिनमा पनि भिन्न क्षेत्रमा अस्ट्रेलियावाट सहयोग गरिरहने समाजका पुर्व अध्यक्ष दिनेश पोखरेलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ