arrow

अमेरिकी कमाण्डर बालुवाटार छिरे

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
PM-and-US-camand.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र यूएस प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारी बि ह्यारिजबीच भेटवार्ता भएको छ । मंगलबार बिहान बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्रीले नेपालको सुरक्षासहित अन्य क्षेत्रमा अमेरिकाले गरेको सहयोगप्रति आभार प्रकट गरे ।

प्रधानमन्त्रीले गोरखा भूकम्पपछि प्राप्त अमेरिकी सेनाको सहयोग उच्च साझेदारीको नमूना भएको भन्दै त्यसक्रममा नेपालका गाउँहरुमा उद्धार कार्यमा खटिँदा आफ्नो ज्यान गुमाउने ६ जना मरिन सेनाप्रति श्रद्धान्जलि प्रकट गरे ।

प्रधानमन्त्रीले नेपाल र अमेरिकाबीच ७० वर्षदेखि नजिकको सम्बन्ध रहेको बताउँदै नेपालको विकास, सुरक्षा र सामाजिक सुधारका क्षेत्रमा अमेरिकाले गरेको  सहयोगको प्रशंसा गरे । उनले आगामी दिनमा पनि अमेरिकासँग विगतको झैं सहकार्यको अपेक्षा पनि गरे ।

भेटमा यूएस प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारीले नेपालसँग अमेरिकाको नजिकको सम्बन्ध रहेको बताउँदै अमेरिकी सेनाको समेत आत्मीय सम्बन्ध रहेको बताए । उनले नेपाली सेनासँगको सहकार्यबारे जानकारी दिँदै नेपालको स्टाफ कलेजमा अमेरिकन सेनाले पढ्ने गरेको तथा नेपालबाट माउण्टेन वार फेर सिक्न पाएकोमा खुशी प्रकट गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ