arrow

सूर्यविनायक आयल स्टोरमा सिलबन्दी

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
Bhaktapur-Pump.jpg.jpeg
भक्तपुर । सल्लाघारीस्थित सूर्यविनायक आयल स्टोरमा आज वाणिज्य विभागले सिलबन्दी गरेको छ ।  पम्पबाट वितरण गरेको डिजेलले गाडी नचलेपछि डिजेलमा मिसावट भएको आशङ्कामा वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेसहितको टोलीले स्टोरको अनुगमन गरी सिलबन्दी गरेको हो । 

डिजेलमा पानीलगायत पदार्थ मिसावट गरेर बिक्री गरेको पाइएपछि वाणिज्य विभागले डिजेल बिक्री वितरण गर्न रोक लगाउँदै पम्पमा सिलबन्दी गरेको हो ।  बिहान डिजेल वितरण गरेलगत्तै गाडीको चल्न बन्द भएपछि डिजेलमा मिसावट भएको पत्ता लागेको थियो । आयल स्टोरले पाँचवटा गाडीमा डिजेल हालेलगत्तै कुनै पनि गाडी नचलेपछि चालकले डिजेल झिकेर हेर्दा धमिलो पानी जस्तो रहेको देखिएको बा३ख ६८३३ नम्बरको बसका चालक सुमन गोजाले बताए। 

उक्त पम्पमा डिजेल भरेका बा२ख ४१९८ नम्बरको बसका चालक पूर्णबहादुर बजगाईंले चारदिन लाइन बसेर डिजेल हालेलगत्तै बसको इन्जिन नै बिग्रेकाले पम्प सञ्चालकले क्षतिपूर्ति दिनुपर्ने माग गरे । महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले उक्त पम्पमा आइतबार साँझ ४००० लि डिजेल आएको र सोमबार बिहान ८ बजे वितरण गर्दा मिसावट भएको पाइएपछि वाणिज्य विभागले परीक्षणका लागि डिजेलको नमुना लगेको जानकारी दिए । 

पम्प सञ्चालक मधु प्रधानाङ्गले भने आफूले डिजेलमा मिसावट नगरेको दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ