arrow

ओलम्पिक कमिटीको कार्यालयमा माघ ११ बाट लागेको ताला खुल्यो

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
olympic-come.jpeg

काठमाडौं । रुक्मशमशेर राणा पक्षले प्रहरीको सहयोगमा नेपाल ओलम्पिक कमिटीको कार्यालयमा आफैले लगाएको ताला खोलेको छ । सर्वोच्चले आफ्नो पक्षमा निर्णय गरेपछि राणा पक्ष गएको माघ १० गते प्रहरीको बलमा ओलम्पिक कमिटीको कार्यालय प्रवेश गरेको थियो ।

ओलम्पिक कमिटी हाँकिरहेको जीवनराम श्रेष्ठ टोलीले आफुहरु आधिकारिक रहेको जिकिर गरेपछि ११ माघमा राणा पक्षले कार्यालयमा ताला लगाएको थियो । राणा पक्षधर सदस्य नारायणदेव राणाले आफुहरुले लगाएको ताला आफैले खोलेको बताए । उनले भने, ‘श्रेष्ठ पक्षधर छलफलका लागि तयार नभएको भन्दै फेरि पनि समस्या आउन सक्छ । हामीले मिलेर जानका लागि ताला खोलेका हौँ ।’

सर्वोच्चले अन्तर्राष्ट्रय मान्यताप्राप्त ओलम्पिक कमिटीको नेतृत्व झगडा मेटाउन २०६७ मै फैसला गरेपनि श्रेष्ठ पक्षधरले राणा पक्ष निष्क्रिय रहेको भन्दै आधिकारिक आफुरुहरु नै भएको भन्दै निर्णय कार्यान्वयन भएको थिएन । गएको माघमा सर्वोच्चले निर्णय कार्यान्वयन गर्न आदेश दिएपछि प्रशासनले राणा पक्षलाई साथ दिएर कार्यालय प्रवेश गराएको थियो ।

रुक्मशमशेर पक्षले २०६३ सालदेखि नै आफूहरु ओलम्पिक कमिटीको आधिकारिक धार रहेको जिकिर गर्दै आएको थियो । आधिकारिक पक्ष आफुहरुलाई प्रमाणित गर्न भन्दै राणा पक्ष सर्वोच्च पुग्यो । राणाका अनुसार गएको मंसीर २२ गते सर्वोच्चले सातौं पल्ट गृहमन्त्रालयलाई ताकेता गरेकामा २९ मंसिरमा गृहले ललितपुर प्रशासनलाई निर्णय कार्यान्यन गराउन ताकेता गरेको थियो । श्रेष्ठ समूह ओलम्पिक कमिटीको आधिकारिक आफुहरुनै भएको जिकिर गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ