arrow

ओलीको तराजुमा चार पार्टी एक–एक किलो, एमाले एक्लै पाँच किलो

‘बुद्धिजीवी बिग्रेपछि श्रीमान गम्भीर भन्ने गर्छन्’

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
oli-g-ko-goli-lagyo.jpeg

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउन अहिले राष्ट्रिय र  अन्तर्राष्ट्रिय शक्ति लागि परेको जिकिर गरेका छन् । एमालेकोे मेची–महाकाली राष्ट्रिय अभियानका स्वयंसेवकलाई धन्यवाद दिन आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, ‘हाम्रो पार्टीविरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले मोर्चाबन्दी गरिरहेका छन् ।’ अगामी चुनाव एमालेले जित्ने देखेर आतंकित भएकाहरुले मोर्चाबन्दी गर्न थालेका ओलीको अनुमान छ ।

अहिलेको संसद मुुलुकको विकासका लागि उपयुक्त नभएकाले आउने चुनावमा एमालेले बहुमत ल्याउनैपर्ने अवस्था रहेकामा ओलीले जोड दिएका छन् । यस्तै, ओलीले अन्य दलहरुको साइज सानो भएको तर्क गरेका छन् । दलीय हैसियत तराजुमा तौलिरहेको सम्झँदै ओलीले भने, ‘एक–एक किलोका चारवटा ढक एकातिर भएका छन् । एमाले एक्लै पाँच किलोको ढक जस्तै छ । चारवटा ढकको सबै वजन मिलाउँदा पनि हाम्रो जति हुँदैन ।’

ओलीले आयातीत एजेण्डा बोक्ने, अर्काले बनाइदिएको मोर्चा अहिले सरकारमा रहेको भन्दै सत्ताधारीप्रति कटाक्ष गरे । ओलीले आफुहरुको अभियान बहुमत ल्याउनकै लागि भएको भन्दै एमालेको सुविधाजनक बहुमतका लागि जनता तयार रहेको बताएका छन् ।

सुर्खेतको जनसभामा काँग्रेसको कन्तविजोग रहेको टिप्पणी गरेका ओलीले धन्यवाद कार्यक्रममा पनि काँग्रेसको खोइरो खने । उनले भने, ‘एमालेले चुनाव जित्ने देखेर आत्तिएपछि काँग्रेस बेइमानीको बाटोमा अघि बढेको छ । एमाले विरुद्ध मोर्चाबन्दी गर्न खोजिरहेको छ ।’ एमाले तपाईहरुका चुनौती र मोर्चाबन्दी स्वीकार गर्न तयार छ ।

काँग्रेसको खोइरो खनेका ओलीले सरकारलाई पनि डाम्न भ्याए । सरकारमा रहेकाहरुको मानसिकता नै विकसित नभएको टिप्पणी गरेका ओलीले भने, ‘परराष्ट्र मन्त्रालयले परराष्ट्र नीति बनाउन भन्दै हामीलाई लागि मान्छे दिनुहोस् भनेको थियो । जसलाई परराष्ट्र नीति नै थाहा छैन उसलाई के मान्छे दिने ? अनि हामीले भन्यौ, –एमालेको परराष्ट्र नीति मान्नुहोस्, आर्थिक नीति मान्नुहोस्, नभए एमाले प्रशिक्षण दिन तयार छ ।’

यस्तै, एमालेले प्रदेश नम्बर २ मा मेची–महाकाली अभियानको छुटेको अंश सञ्चालन गर्ने तयारी गरिरहेको नेताहरुले बताएका छन् । पार्टी अध्यक्ष ओलीले भने, ‘२ नम्बर प्रदेशमा कसैको फर्मान स्वीकार हुँदैन । अभियान अझ प्रभावकारी ढंगले सञ्चालन हुन्छ ।’ ओलीले अगाडि थपे, ‘केही बुद्धिजीवीले मधेसमा किन आउने भनेका छन् ।

उनीहरू सो कल्ड बुद्धिजीवी हुन् । हामी हाम्रो अभियान छोड्दैनौ ।’ मधेसमा कार्यक्रम गरिछाड्ने जिकिर गरेका ओलीले भने, ‘बुद्धिजीवीले देश लेखुन् दलाल नलेखुन् । बुद्धिजीवी बिग्रेपछि श्रीमान गम्भीर भन्ने गर्छन् र सुध्रिएमा यो नेपाली शीर उचाली भन्दछन् ।’ अाेलीले यत्ति भनेपछि सहभागि गलल हाँसे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ