arrow

सुटिङको क्रममा घाइते भए संजय दत्त

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
sanjay-1.jpeg
एजेन्सी । बलिउड  अभिनेता संजय दत्त चलचित्र  'भूमि' को सुटिङमा घाइते भएका छन् । उनि भारतको चंबल गाँउमा चलचित्र सुटिङमा थिए । दत्तलाई सुटिङको क्रममा चोट लागेको हो ।
 
चलचित्रको लागि  एक्‍शन सीन सुट गर्दा संजय दत्त घाइते भएका हुन् ।  एक्शन सीन गर्दै गर्दा संजय दत्तको करंगमा चोट लागेको छ । पहिले संजय चोट लागे पनि सुटिंग गरिरहे तर दुखाइ बढेसँगै उनि डाक्टरकामा पुगेका छन् । डाक्टरले उनको एक्स-रे गरेपछि मात्र उको करंग फ्याक्चर भएको  रिपोर्ट आएको छ । 
 
सुटिङमा उनलाई भिलेनको समुहले आक्रमण गरेको देखिनु थियो । तर सोहि सीनमा उनले करंगमा दुखाइ भएको महसुस गरे। उनले एउटा  पेनकिलर खाए पछि सुटिङ जारि राखे । उनको दुखाइ बढ्दै गयो । 
 
'भूमि' चलचित्रको निर्देशन  उमंग कुमार गरिरहेका छन् । भने भूषण कुमार निर्माता रहेका छन् ।  'भूमि' मा अभिनेत्री अदिति राव मुख्य महिला भुमिकामा रहेकी छन् ।  उनि चलचित्रमा संजय दत्तको छोरि बनेकी छन् ।  प्राविधिक समस्या नदेखिए संजय दत्‍तको यो चलचित्र ४ अगस्टमा रिलिज हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ