arrow

२७ जना भिक्षुहरुलार्इ राखेर प्रधानमन्त्रीले गरे गौतम बुद्दको प्र‌श‌ंसा

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
vichhu_PM.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिश्व शान्तिका लागि बुद्ध दर्शनको धेरै ठूलो महत्व रहेको वताउँदै नेपाल र संसारभर शान्ति कायम गर्न बुद्ध धर्म र दर्शनको भुमिका महत्वपूर्ण रहने प्रष्ट पारेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देशका विभिन्न गुम्बावाट आएका बौद्ध लामा गुरुहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
 
साे अवसरमा प्रधानमन्त्रीले नेपाल धर्म निरपेक्ष राज्य भएको स्पष्ट पार्दै यहाँ सबै धर्म, सँस्कृति र आस्थाप्रति राज्यको सम्मान रहने बताए। उनले नेपालमा जन्मिएका गौतम बुद्धले विकास गरेको बुद्ध दर्शन अहिले बिश्वभर फैलिएको बताउँदै शान्ति, सदभाव र भाइचारा सम्बन्ध प्रवद्र्धन गर्न यसको धेरै ठूलो योगदान रहेको बताए ।
 
प्रधानमन्त्रीले धार्मिक पर्यटनका माध्यमवाट देशको सम्वृद्धिमा योगदान दिन सकिने विश्वास व्यक्त गर्दै बुद्ध दर्शनको विस्तार र विकासका पक्षमा आफूले सक्दो योगदान पुर्‍याए।
 
उक्त भेटमा बौद्ध दर्शन प्रबन्ध तथा गुम्बा विकास समितिका पदाधिकारी, देशका विभिन्न गुम्बाका २७ जना बौद्ध लामा गुरुहरुसमेतको सहभागिता थियो । सो क्रममा गुम्बा विकास समितिले देशका गुम्बाहरुको पुर्ननिर्माण र मर्मतका लागि प्रधानमन्त्रीसँग बजेटको माग गरेको थियो । प्रधानमन्त्रीले सरकारका तर्फवाट आवश्यक बजेटको व्यवस्था गरिने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ