arrow

केपी ओली भन्छन ' मधेस समस्या टुङगिएपछि भारत र चीनको भ्रमण '

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
kp-oli.jpg.jpeg
काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस समस्या टुङगिने बिन्दुमा पुग्नै लागेको खुलासा गरेका छन्। मुलुकको विद्यमान समस्या समाधानमा ध्यान आर्कषण गराउन रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उनले भने,‘ छिट्टै परिस्थितिमा सुधार आउँछ । हामीले सघन ढंगले छलफल र संबाद गरिरहेका छौ । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा छलफल अझै तिब्रताकासाथ अघि बढछ । आन्दोलनरत पक्षले कुरा बुझ्दै गईरहेका छन । अब सानो तहले बुझेको छैन त्यसलाई पनि हामी बुझाउन लागेका छौ। छिट्टै अहिले देखिएको मधेसको समस्या समाधान हुन्छ । सबै नभए पनि समस्याको मात्रा काम चलाउ भएर रहन्छ ।’
 
प्रधानमन्त्री ओलीले संबादबाटै समस्याको समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्दै जिम्मेवार भएर आउन आन्दोलनरत दलहरुलाई पुन आव्हान गरे । उनले भने,‘देश जटिल अवस्थामा भएको बेला छिछोरा राजनीति गर्नु हुँदैन । गंभिर भएर प्रस्तुत हुनु पर्छ । आवेश उत्तेजनामा आएर होईन, सबै पक्ष समस्या समाधानमा गंभिरताका साथ प्रस्तुत हुन जरुरी छ ।’
 
प्रधानमन्त्री ओलीले संविधानमा नै संविधान संसोधन गर्न सकिने ब्यवस्था रहेको उल्लेख गर्दै भने,‘आवश्यकता अनुसार प्रदेशको संख्या, नाम परिवर्तन हुन्छ । हाम्रोमा पनि हुन सक्छ ।’
 
उनले लामो प्रतिक्षा र प्रयासपछि प्राप्त लोकतान्त्रिक संविधान कार्यान्वयन गर्नु सबैको साझा दायित्व भएको भन्दै संविधानसभाबाट संविधान प्राप्त गर्दा पनि उपलब्धिको रुपमा बुझ्न नसक्नु, पछाडी परेकालाई अगाडि बढाउने ब्यवस्था सुनिश्चित गरेको बुझ्न नसक्नु, एक जात, भुगोल, पेश र पार्टीका मानिसलाई सत्रुको रुपमा बुझ्नु र बुझाउनु हानिकारक प्रबृत्ति भएको टिप्पणी गरे । 
 
प्रधानमन्त्री ओलीले भने,‘सरकार आग्रह पूर्वाग्रहहिन छ । यसको निष्ठा देश, जनता र मानवहितप्रतिको हो । संविधान र लोकतान्त्रिक प्रणालीप्रति सरकार प्रतिबद्ध  छ । शान्ति कायम गर्ने, लोकतान्त्रिक मुल्य मान्यता समानता र भिन्नतालाई पारस्परिक सद्भावबाट एकता कायम गर्न लागेका छौ ।’उनले केही पक्ष पहिला देखिनै यो सरकार बन्नु हुँदैन, बन्न दिदैनौ भनेर लागेकोले उनीहरुको विरोध अर्थपूर्ण नभएको भन्दै यस्तो विरोधमा आफू कसैलाई गाली गर्ने र जुवारी खेल्न नलाग्ने स्पष्ट पारे । 
 
प्रधानमन्त्रीले भने,‘विरोध कित गलत काम गरेर हुन्छ कि बहुदलीय प्रतिष्पर्घात्मक ब्यवस्थामा त्यसै पनि आलोचना हुन्छ । कोही राजनीतिक स्वार्थबस विरोध गर्छन । केही बुद्धिजीविहरुको रेडिमेड धारणा आएको छ । हामी त्यतातर्फ अल्मिलिने होईन, शान्ति, सुरक्षा, सुब्यवस्थासहित आर्थिक विकासमा जान्छौ । आलोचना हुन्छ म फेसबुक र ट्वीटर हेरेर काम गर्ने मान्छे होईन । म काममा विश्वास गर्ने मान्छे हो । काम गर्दै जान्छु जसलाई जे लागे लागोस । ’
 
उनले शान्ति ब्यवस्थामा खलल पुर्याउने हिंसा मच्याउदा केही नहुने कुरा लोकतन्त्रमा नहुने स्पष्ट पार्दै भने,‘ यहाँ लोकतन्त्र छ, जनताको सरकार छ । छिट्टै परिस्थितिमा सुधार आउँछ । सरकारले हिंसात्मक कार्य गर्ने र कानून हातमा लिनेलाई छुट दिदैन ।’
 
सीमांकनमा हेरफेर नहुने अभिब्यक्तिको विषयमा राखिएको जिज्ञासामा उनले प्रधानमन्त्रीले यस्तो उस्तो भन्यो उसो भन्यो भनेर भ्रम फैलाउन लागि परेको दावी गर्दै भने,‘ जनताको ईच्छा अनुसार हुन्छ । सरकारले संविधानको पालना गर्छ । संविधानले जे सीमांकन गरेको छ मैले त्यही भन्ने हो । भोलि सीमांकनमा बैद्यानिक ढंगले हेरफेर भए त्यही मान्छु । कसैको लहडबाजीमा मैले अरु कुरा गर्न मिल्दैन । एक ईन्च पनि यता उता हुँदैन भनेर कसैले पनि आफ्नो कोठेबारी भए जस्तो कुरा गर्नु हुँदैन र त्यहाका जनताले टुक्राउँदा विकासमा प्रतिकुल असर पर्छ भन्ने तर बाहिरकाले आफ्नो कुरा मान्नु पर्छ भनेर निर्देशन दिने कुरा होईन ।’
 
उनले थपे,‘म एउटा जाती, क्षेत्रको कुरा गर्दिन म जातीय क्षेत्रीय पार्टीको होईन राष्ट्रिय पार्टी एमालेको अध्यक्ष हु । झापा, हुम्ला, महोत्तरी, ओखलढुंगा, दार्चुला, ताप्लेजुङ, सोलुखुम्बु, सर्लाही सबै मेरो आफ्नो हुन त्यसरी नै कुरा गर्छु ।’
 
प्रधानमन्त्री ओलीले आफू सानो छरितो १५ देखि १७ जनाको मन्त्री परिषद निर्माणको सोचमा रहे पनि आफू ताक्छु मुडो, बञ्चारो ताक्छ घुँडो भने जस्तो परिस्थिति बनेको भन्दै धेरै पार्टीको सरकार भएकोले अलिकति फरक परेको बताए । 
 
उनले भने,‘ दुई तीन पार्टीको सरकार भएको भए यस्तो हुँदैन थियो । राष्ट्रिय सहमतिको सरकार गठन गरेर विकास गरौ भन्ने उद्देश्यलाई जसले साथ दिएन त्यसलेनै यो नयाँ परिस्थिति बनाएको हो । मुख्य सत्ता साझेदार दलकै कारण मन्त्रीमण्डल ठूलो बनाउनु परेको हो । विगतमा संविधानसभा खेर गयो । सभासद नै मन्त्री बन्ने भएकोले बढी बनाउँदैमा तनखामा फरक पर्दैन । थोत्रा क्याल्कुलेरबाट साथीहरु अहिले हिसाव गरिरहनु भएको छ । केही मिलाउनु परेको छ, अहिलेको परिस्थितिलाई ध्यानमा राखेर ।’ 
 
प्रधानमन्त्रीले मधेस आन्दोलन जारी रहेको, नाकाबन्दी लागेको,४५–४६ जना मान्छे मरेको र भुकम्प प्राधिकरण अध्यादेश संसदमा पेश नभएको अवस्थामा आफ्नो सरकार बनेको उल्लेख गर्दै केही नभएको अवस्थामा काम अघि बढाउनु परेकोले कतै नअल्मलिएर अगाडि बढ्ने स्पष्ट पारे । 
उनले जलविद्युतको क्षेत्रमा एक सय वर्षमा भएको भन्दा दोब्बर काम एक वर्षमा गर्ने दावी गर्दै भने,‘ एक वर्षभित्र लोडसेडिङ समाप्त पार्छु । ८५ हजार मेघावाट उत्पादन क्षमत रहेको, संसारको दोस्रो धनि देश १०४ वर्षमा ७ सय मेघावाट विद्युत उत्पादन हुन्छ, उर्जा मन्त्रालय र विद्युत प्राधिकरण के गर्छन । म अर्को १०४ वर्षको ढाँचामा ७ सय मेगावाट बनाउनेगरी काम गर्दिन । १०४ वर्षको काम भन्दा एक बर्षमा दोब्बर काम गर्छु ।’
 
प्रधानमन्त्रीले मधेसी मोर्चाको अवरोध प्रति लक्षित गर्दै संसदलाई केही गर्न नदिएर संसद काम लाग्दैन भन्ने सन्देश दिन खोजिएको आशंका गर्दै संसद सधै बन्द गर्न नहुने भएकोले त्यसलाई जसरी पनि अगाडि बढाउने स्पष्ट पारे । उनले २०७२ साल भित्रमै आफूले छिमेकी भारत र चीनको भ्रमण गर्ने योजना सुनाउँदै चीन र भारत मध्ये अनुकुल र स्वभाविक हुने मुलकको पहिलो भ्रमण गर्ने बताए । 
 
प्रधानमन्त्रीले भने,‘ भारत र चीन जहाँ गएपनि हुन्छ । कहाँ पहिला र पछि भन्ने नियम छैन । जहाँ अनुकुल र स्वभाविक हुन्छ । त्यहाँ जाने हो । हाम्रो सत्रु कोही छैनन । छिमेकीसँगको मित्रताबाहेक हामी अरु सोच्दैनौ । कसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुरा सोच्दैनौ ।’ उनले थपे,‘हाम्रो धेरै ठूलो कारोवार भारतसँग छ । त्यसैले भारत नेपालको सम्बन्धको गहिराई पनि त्यस्तै छ ।  चीनसँग पनि राम्रो सम्बन्ध छ । पारस्परिक लाभ र सम्बन्धको आधारमा अघि बढाउन चाहन्छौ । हाम्रो भूमि कसैको विरुद्ध प्रयोग गर्न दिदैनौ । एकको विरुद्ध अर्को प्रयोग गर्दैनौ । यस विषयलाई उचालेर बातावरण विगार्नु हुँदैन । ’
 
नेपालको संविधानलाई स्वागत गर्न नपर्ने कुनै कारण नरहेको भन्दै उनले दुनियाबाट संविधानको स्वागत र समर्थन प्राप्त भईकेको दावी गरे । उनले भने,‘भारतमा केही अन्यौलता थियो संविधान संसोधन प्रक्रियामा भारतले पनि स्वागत गरिकसकेको छ । अब यो संविधानलाई स्वागत नगर्ने विश्वमा कोही पनि छैनन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ