arrow

संजयलाई पूर्व सांसद मंच नेपालको सम्मान

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
sanjayapandit.jpeg
काठमाडौं । विश्व अल्ट्रा पर्वतारोही तथा धावक सञ्जय पण्डितलाई मंगलबार  पूर्व सांसद  मंच नेपालले ताम्र पत्र सहित सम्मान गरेको छ | सगरमाथा, मनास्लु सहित विश्वका चर्चित ११ पर्वत आइसल्याण्ड पिक ,अस्ट्रेलियाको कोजियस्को, जापानको अग्लो शिखर ,रसियाको चिगाड,चुकुन्ग्री ,यूरोपको अग्लो शिखर ,अमेरिको अग्लो शिखर ,अफ्रीकाको किलिमन्जारो ,  अन्टारटिकाको बिन्सोंन मसिफ र  रजम्यानआरोहण गर्न सफल भएको सफलतामा उनको  साहशको  उच्च  मुल्याकन गर्दै  मंचले सम्मान गरेको हो |
 
सञ्जयलाई सिहदरबार स्थित मंचको कार्यालयमा  भएको कार्यकममा मंचका कार्यबहाक अध्यक्ष  एबम पूर्व मन्त्रि झलक नाथ वाग्ले  , मंचका उपाध्यक्ष एबम पूर्व मन्त्रि गोबिन्द बहादुर शाह ,कोषाध्यक्ष एबम पूर्व संसद शुशिला शर्मा , मंचका केन्द्रिय सदस्य एबम पूर्व संसद मुक्ति प्रसाद शर्माले संयुक्त रुपमा ताम्र पत्र प्रदान गरेका थिए । 
 
कार्यक्रममा कार्यबहाक अध्यक्ष वाग्लेले संजयले साहषिक आरोहणको माध्यमबाट नेपाललाई संसार भर चिनाएकोमा बधाई दिएका थिए । भने उपाध्यक्ष गोबिन्द बहादुर शाह संजय देशको गहना भएकोले सरकारी तर्फ देखि सहयोगको पहल गर्न मंच र आफु लाग्ने बताए | कार्यकमको संयोजन डाक्टर  रमेश थापाले गरे | 
सञ्जयले अफ्रिकाको शिखर किलिमन्जारो र अस्ट्रेलियाको शिखर कोजियस्को उल्टो पैदल हिँडेर आरोहण गरि नेपालकै पहिलो उल्टो हिँडेर हिमाल आरोहण गर्ने विश्व पर्वतारोहिको कीर्तिमान कायम गरिसकेका छन् । साथै उनले यूरोपको शिखर एल्ब्रुसमा ६ मिनेट ०३ सेकेण्ड अर्ध नग्न बसेर क्रितिमानी कायम गरेका थिए  । गत जनवरीमा उनले अन्टारटिकाको शिखर बिन्सोंन मसिफ र अर्को चर्चित पर्वत रजम्यान आरोहण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ