arrow

राजनीतिक दलहरु चुनावी अभियान लिएर गाउँ केन्द्रित हुँदै

logo
जीवन शर्मा,
प्रकाशित २०७३ चैत ८ मंगलबार
Okhaldhunga-hamrakura.jpg.jpeg
ओखलढुंगा । ओखलढुंगामा क्रियाशिल राजनीतिक दलहरु गाउँ केन्द्रीत भएका छन् । स्थानीय तहको चुनाव नजिकीदै जाँदा यहाँ स्थित राजनीतिक दलहरु संगठन विस्तार संगै चुनावी अभियान लिए गाउँ केन्द्रीत भएका हुँन् । स्थानीय तह निर्वाचनमा के एजेण्डा लिएर जनतामाझ भोट माग्न जाने भन्ने विषयमा दलहरु आन्तरिक छलफलहरुमा व्यस्त भएको नेताहरुले बताउदै आएका छन् ।
 
 आगामी बैशाख ३१ गते हुने भनिएको स्थानीय तह निर्वाचनको मैदानमा होमीन लागेका राजनीतिक दलहरु आफ्ना उम्मेद्वार छनोट गर्न विभिन्न ढंगका छलफल तथा अन्तरक्रीयामा  व्यस्त देखिएका छन् । नेपाली कांग्रेस ओखलढुंगाले गत चैत्र २ गते जिल्ला कार्यासमितिको बैठकबाट गाउँपालिका स्तरिय संयोजक तय गरी चुनावी अभियानमा लागेको जिल्ला उपसभापति तेजेन्द्र खनालले जानकारी दिए । सरकारले देशव्यापी  नयँ संरचनाका रुपमा गाउँपालिका तथा नगरपालिका तयार गरी त्यस्को कार्यान्वायन समेत गरिसकेको हुँदा सोही अनुसार पार्टीका संरचनाहरु निर्माण गरी स्थानीय नागरिकका सेवामा क्रीयाशिल हुन थालेको खनालको भनाइ छ । 
 
स्थानीय तहबाट जनताले पाउँने सेवालाई प्रभावकारी बनाउँन नागरिक र राज्यका निकायलाई समेत सहयोग गर्नुका साथै स्थानीय तह निर्वाचनको तयारीका लागि गाउँ पालिका केन्द्रीत भएर पार्टीका गतिविधिहरु सञ्चालन गर्न थालिएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति एवं सिद्धिचरण नगरपालिका संयोजक दानबहादुर बाँनीयाले जानकारी दिए ।  
 
त्यस्तै नेकपा एमालेले राज्यले तयार गरेको नयाँ संरचना भन्दा पनि पार्टीको पुरानै संरचनामा रही चुनावी अभियानमा केन्द्रीत रहेको र भोली हुँने जिल्ला कमीटीको बैठक पछि पार्टीको नयाँ संरचना तयार गरी चुनावी अभियान लाई तिब्रता दिने नेकपा एमाले जिल्ला कमीटी सचिव शंकर कट्वालले बताए ।
 
  उता नेकपा माओवादी केन्द्रले पनि आफ्ना चुनावी कार्यक्रमहरु लिएर गाउँ केन्द्रीत भएको जनाएको छ । माओवादी केन्द्रले आज चम्पादेवी गाउँ पालिकाको फुलवारी घोराखोरीमा जिल्ला कमीटीको बैठक बसी चुनावलाई पर्वको रुपमा लिदै चुनावी माहोल सृजना गर्न गाउँ केन्द्रीत हुने तयारीमा रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला उपाध्यक्ष निशान्त शर्माले बताए ।
 
 पार्टीको गाउँ पालिका स्तरिय नयाँ संरचना निर्माण्का लागि नितिगत निर्णय भैसकेकाले तत्काल सबै  गाउँ पालिकास्तरिय कमीटी निर्माण गरी चुनावलाई सफल पार्न लाग्ने शर्माको भनाइ छ । अन्य सना दलहरु पनि चुनावका लागि आ आफ्ना क्षेत्रबाट क्रीयाशिल रहेको बताइएको छ । ओखलढुंगामा १३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएको हुँदा ती राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचनमा भाग लिन सक्ने जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ