arrow

यूरोपियन यूनियनले अप्रिल २९ मा ब्रेक्जिटबारे बिशेष सम्मेलन गर्ने

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
eu-logo-new.jpg.jpeg
ब्रसेल्स (बेल्जियम)। यूरोपियन यूनियन (इयू)का २७ सदस्य राष्ट्रले बेलायतको इयूबाट हुने बहिर्गमनका विषयमा राजनैतिक लक्ष्य निर्धारण गर्ने विषयमा निर्णय लिन आगामी अप्रिल २९ गतेका लागि विशेष सम्मेलनको आयोजना गर्ने भएको छ । 
 
इयू प्रमुख डोनाल्ड टस्कले मङ्गलबार इयू सदस्य राष्ट्रवीच विशेष सम्मेलन गर्न लागिएको जनाएका छन् । बेलायतले यही मार्च २९ मा ब्रेक्जिटका विषयमा औपचारिक प्रक्रिया शुरु गर्न आफ्ना धारणा सहितको पत्र इयूलाई पठाइन लागेको भनी बेलायत सरकारले सोमबार जनाएको थियो । 
 
”लण्डनले बेलायतको बहिर्गमनका विषयमा सोमबार जे भनेको थियो मैले तपाईहरुलाई यो जानकारी गराउछु कि यूरोपियन काउन्सिलको बैठक २९ अप्रिल शनिबारका दिन बोलाउने छु र यसले बे्रक्जिटबारे दिशा निर्देश गर्नेछ,” टस्कले ब्रसेल्समा पत्रकार सम्मेलनमा भनेका छन् ।एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ