arrow

विराटनगरमा राप्रपाको प्रदर्शन

logo
प्रकाशित २०७३ चैत ८ मंगलबार
RPP--news--biratn.jpeg

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले निर्वाचन आयोगले पार्टीको विधानबाट संबैधानिक राजतन्त्र र हिन्दूधर्म हटाउने निर्णय गरेको विरोधमा विराटनगरमा विरोध सभा गरेको छ । पार्टीका केन्द्रीय सदस्यहरु प्रह्लाद साह, गोपाल दाहाल र दिनेश साहले शान्तिपूर्वक धर्ना, जुलुस गर्न पाउने अधिकारलाई वञ्चित गर्नुका साथै पार्टीका केन्द्रीय नेतालाई कुटपिट गर्ने कार्य निन्दनीय रहेको धारणा राखे ।

राप्रपाले निकालेको विरोध र्‍यालीले नगर परिक्रमा गरेको थियो । सोमबार राप्रपाले देशभरका निर्वाचन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएको थियो । निर्वाचन आयोगले आफ्नो पार्टीको विधानमा उल्लेख हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र शब्द हटाउने निर्णय गरेको भन्दै राप्रपा आन्दोलित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ