arrow

स्थानीय तह कार्यान्वयनका लागि कृषि विकास मन्त्रालयमा छलफल

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
krishi_mantralaya.jpeg
काठमाडौँ । कृषि विकास मन्त्रालयले स्थानीय तहमा पठाइनुपर्ने जनशक्ति तथा सङ्गठन संरचनाको सम्बन्धमा छलफल गरेको छ । कृषि विकास मन्त्रालय मातहतका निकायको सङ्घ, प्रदेश तथा स्थानीय तहमा हुनुपर्ने सङ्गठन संरचना र कार्य जिम्मेवारीलगायत विषयमा प्रारम्भिक छलफल भएको सो मन्त्रालयले जनाएको छ । 
 
संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रस्ताव गरिएको प्रशासनिक पुनःसंरचना विस्तृतीकरण प्रतिवेदनका आधारमा स्थानीय तहमा रुपान्तरित हुने कार्यका बारेमा छलफल भएको कृषि विकास मन्त्रालयका सहसचिव काशीराज दाहालले जानकारी दिए । 
 
तीन तहमा पुनःसंरचना गर्ने सम्बन्धमा अध्ययन गर्न कृषि विकास मन्त्रालय कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलको संयोजकत्वमा सात सदस्यीय कार्यदलसमेत गठन गरेको थियो । 
 
मन्त्रालयको कार्य क्षेत्र र जनशक्ति व्यवस्थापनका आधारमा कार्यदलले प्रतिवेदनसमेत तयार पारेको हो । प्रतिवेदनअनुसार मन्त्रालय मातहत अहिले १३ हजार ३२६ जनाको दरबन्दी छ । 
 
स्थानीय तह कार्यान्वयनकालागि केन्द्रबाट जाने अधिकार, स्रोत तथा जनशक्तिका विषयमा मन्त्रालय तथा निकायसँग छलफल गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सहसचिव रेश्मीराज पाण्डेको संयोजकत्वका चार सदस्यीय वार्ता टोली गठनसमेत गरिसकेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ