arrow

कुरिनघाटमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
accident-final.jpeg
रत्ननगर । चितवनको दारेचोकस्थित कुरिनघाटनजिकै बुधबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 
 
नारायणगढबाट काठमाडौँ जाँदै गरेको ग २ च ३३६५ नंको बोलेरो पिकअपलाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो । 
 
दुर्घटनामा घाइते भएका बोलेरो चालक धादिङ सिम्लेका २१ वर्षीय किरण तामाङको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । 
 
विहान करिब २ बजेतिर साबिक दारेचोक–७ कुरिटघाटमा ट्रकले ठक्कर दिँदा कुखुरा बोकेको बोलेरो सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा पुगेको थियो । 
 
दुर्घटनामा परी घाइते हुने तनहुँ दमौलीका २० वर्षीय राजेश सुनार र चितवन भरतपुर–१८ का २२ वर्षीय सुरज पोखरेलको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको र ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ