arrow

काठमाडौं महानगरपालिकाको उपमेयरमा महिलाहरुको मात्रै दाबेदारी, कुन पार्टीबाट को ?

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
rukh_surya.jpeg
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिन आकांक्षा देखाउनहरुको चर्चा चलेसँगै सोही निकायको उपप्रमुखको रुपमा रहने उपमेयरको लागि पनि दौडधुप सुरु भएको छ । महानगरपालिका त्यसैमा पनि मुलुकको राजधानी पर्ने काठमाडौंको उपप्रमुखका लागि पनि राजनीतिक दलहरुबीच ठूलै हानाथाप सुरु भएको छ । मेयरमा एउटा पक्षको उठाए उपमेयरमा अर्कै पक्षको उठाउनु पर्नेमा पार्टीका केन्द्रीय गुटमा नै चर्चा चल्न थालिसकेको छ ।
 
त्यसो त मेयरको रुपमा पुरुषलाई अघि सारेका ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले उपमेयरमा भने बाध्य भएर महिलाहरुलाई नै अगाडि सारेका छन् । हामीलाई प्राप्त विवरण अनुसार अहिलेसम्म कोही पनि पुरुषले उपमेयरको लागि उम्मेदवारी दिएका छ्रैनन् । कानूनले नै मेयर वा उपमेयर मध्ये एकजना महिला हुनुपर्ने अनिवार्य व्यवस्था गरेकोले यस्तो गरिएको हो । 
 
अहिले काठमाडौंमा नेपाली काँग्रेस र नेकपा एमालेका आकांक्षीहरुले मात्रै खुलेर मेयर तथा उपमेयरमा आकांक्षा देखाएको पाईएको छ । त्यस भन्दा बाहेकका पार्टीबाट उपमेयरको लागि कसले उम्मेदवारी दिन्छन् भन्नेमा भन्न सकिने अवस्था अहिलेसम्म देखिँदैन । उनीहरुको अहिलेसम्म चर्चा चलेको छैन ।  
 
काठमाडौं महानगरपालिकाको उपमेयरको लागि अहिलेसम्म ५ जनाले आकांक्षा देखाएका छन् । यसरी आकांक्षा देखाउनेमा काठमाडौं जिल्ला क्षेत्र नं २ मा एमाले नेता माधव नेपालसँग पराजीत भएकी प्रतीमा गौतम समेत रहेकी छिन् । उनी बाहेक पनि काँग्रेसबाट कल्याणी रिजाल, जानु घिमिरे, हरिप्रभा खड्गी र जीवन डंगोलको नाम चर्चामा छ । 
 
त्यस्तै, एमालेबाट पनि उपमेयरमा ३ जनाले उम्मेदवारीकोलागि आकांक्षा देखाएका छन् । यसरी उपमेयरमा उठ्ने सोच बनाएकाहरुमा सुजिता शाक्य, विद्या न्यौपाने, रन्जना मास्के छन् । जसमध्ये शाक्य पार्टीको केन्दीय सदस्य पनि हुन् भने श‌ंकर पोखरेलकी श्रीमती पनि हुन् । 
 
नेकपा माओबादी केन्द्र र राप्रपा भने यस विषयमा समय कुरेर बसिरहेका छन् । उनीहरु राष्ट्रिय राजनीतिमा चर्चामा देखिएका अनुहारलाई भित्र्याएर उपमेयरमा उठाउने कि भन्ने मनस्थितीमा समेत देखिएको स्रोतले बताएको छ । राप्रपामा केहीले उपमेयरको लागि आकांक्षा देखाईरहेको भएपनि उनीहरुले टिकट पाउने सम्भावना नै नरहेको राप्रपा निकट स्रोतले जनाएको छ । 
 
सम्बन्धित समाचार
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ