arrow

काँग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, अब कहिले हुन्छ ?

logo
प्रकाशित २०७३ चैत ९ बुधबार

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ । बिहिवारका लागि डाकिएको बैठक १३ गते बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी सारिएको पार्टी केन्द्रीय कार्यालय सचिम कृष्ण पौडलेले जानकारी दिए ।

अहिलेका राजनितिक मुद्दा र निर्धारित मितिमै स्थानीय तहको निर्वाचन गर्न दलीय छलफललाई तीब्रता दिनुपर्ने भएकाले बैठक सारिएको बताइएको छ । बैठकमा संविधान संशोधनको विषय र त्यसले सिर्जना गरेको तराई मधेसका समस्याहरु छलफलको मूल एजेण्डाका रुपमा रहेका बताइँदैछ ।

सरकारले घोषणा गरेको स्थानीय निर्वाचनमा पार्टीको प्रचारप्रसार रणनीति र धेरैभन्दा धेरैलाई सहभागि गराउन सरकारको भूमिकाको विषयमा छलफल गर्ने तयारी पनि छ । बैठकले पदाधिकारीहरुको पूर्णता, कार्य सम्पादन समितिको पूर्णता र संसदीय समितिको निर्वाचनको विषयमा पनि छलफल गर्ने बताइएको छ ।

पार्टीले अहिलेसम्म प्रवक्ता चयन गर्न सकेको छैन । यही बैठकबाट नै प्रवक्ता चयन समेत गर्ने तयारी भईरहेको छ । पार्टीको विभिन्न विभागहरुको गठन, केन्द्रीय कार्यसमितिको पूर्णता र अन्य विविध विषयमा पनि छलफल गर्ने पार्टीको तयारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ