arrow

कुमारी बैंकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
kumari-bank.png
काठमाडौँ । कुमारी बैंकले एक दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 
 
बैंकको बुधबार सम्पन्न १६औँ साधारणसभामा २ करोड ९७ लाख ८६ हजार बराबरको बोनस लाभांश सेयर वितरण गर्ने जनाएको छ । सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको २१ प्रतिशत अर्थात् ५६ करोड ६८ लाख बराबरको बोनस सेयर स्वीकृत गरेको हो । 
 
साधारणसभाले कुमारी बैंकले काष्ठमाण्डप डेभलमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंक प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउने प्रस्तावसमेत पारित गरेको कम्पनी सचिव नरेन्द्रप्रसाद छत्कुलीले जानकारी दिए । 
 
बैंकले माथि उल्लिखित प्राप्तिसम्बन्धी कार्य समाप्त भई एकीकृत कारोबार भएपश्चात् कायम हुने चुक्ता पुँजीमा थप  १ अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ बराबरको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । 
 
बैंकको निस्क्रिय कर्जा अनुपात क्रमशः सुधार हुँदै गएर आव २०७२-७३ मा १.१५ प्रतिशत कायम रहेको र सो अवधिमा बैंकले ७ करोड १६ लाख खुद मुनाफा गर्न सफल भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ