arrow

बिच बाटोबाट टिपेर राखिएको हो ‘थ्रेसहोल्ड’ !

संविधान जारी गर्दा नराख्ने सहमति भएको थियो : नेम्बाङ

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
election-thereshhold-n.jpeg

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ १ सिट जित्ने दललाई राष्ट्रिय दलको मान्यता दिने प्रस्ताव पारित गरेपछि तरंग सिर्जना भएको छ । साना दलहरुले यसको विरोध गरेका छन् । साना दलका विरोधबीच मुख्य राजनीतिक दलहरुले विधेयक पास गरेका छन् । विधेयक टुंगो लगाउन गठित उपसमितिका पाँच जनाले फरक मत राखेर विरोधपत्र बुझाए ।

यद्यपि, न्यूनतम मत सीमा (थे्रेसहोल्ड) राष्ट्रिय दलको मान्यका लागि मात्रै भएको देखिएको छ । ठूला दलले राजनीतिक दल सम्बन्धी कानुनमा थ्रेसहोल्ड राखिनु ऐतिहासिक निर्णय भएको बताएपनि विज्ञहरुले यसको अर्थ नभएको बताएका छन् ।  

उपसमितिकै संयोजक आनन्दप्रसाद ढुंगानाले राष्ट्रिय दलको मान्यता पाउनलाई मात्र यो व्यवस्था हो । र, प्रत्यक्षमा एक सिट पनि नजित्ने दलले समानुपातिक मतसंख्याको आधारमा सांसद बन्ने पाइहाल्छन् नि ! भनेका छन् । उनले भने, ‘हामीले स्वतन्त्र उम्मेद्वारलाई रोक्न सक्छौँ छ । समानुपातिकबाट सांसद बन्न पाइहाल्छन् नि ।’ यसबाट राजनीतिक दललाई घाटा छैन । यो लोकतान्त्रिक पद्दति सुधारका लागि र सुशासनका लागि राखिएको हो । 

बिच बाटोबाट टिपेर राखिएको हो ‘थ्रेसहोल्ड’
मालेका सांसद अइन्द्रसुन्दर नेम्बाङले ठूला दलहरुले थ्रेसहोल्ड बिच बाटोबाट टिपेर राखेको बताएका छन् । उनले भने, ‘हामीले समितिमा विरोध पत्र राख्यौँ । हामी त्यसको विपक्षमा छौँ ।’ संविधान जारी गर्दा थ्रेसहोल्ड नराख्ने सहमति भएको थियो । पछि सरकारले विधेयक ल्याउँदा समेत त्यसमा थ्रेसहोल्ड उल्लेख थिएन, उनले अगाडि भने, ‘समितिमा आएपछि ठूला दलले बिच बाटोबाटै टिपेर हालेका हुन् ।’ यो समावेशी लोकतान्त्रिक पद्दती विपरीत छ भन्दै हामीले आपत्ति जनाएका हौँ ।
के घाटा हुन्छ यसले ?
सांसल नेम्बाङले प्रत्यक्ष सिट ल्याउन नसक्ने दलले समानुपातिकमा ५० लाख मत ल्यायो भने पनि त्यसको मूल्य नहुने भो, भनेका छन् । उनले अगाडि भने, ‘यसअघि राप्रपाले समानुपातिकमै बढी मत ल्याएको थियो । अब त त्यसरी मत ल्याए पनि केही मूल्य हुनेवाला छैन ।’ प्रत्यक्ष सिट जितेन भने राष्ट्रिय दलको मान्यता नै नदिने भनेपछि समावेशी लोकतान्त्रिक व्यवस्थामा यस्तो व्यवस्था कसरी हुन्छ ? उनले प्रतिप्रश्न गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ