arrow

प्राचिन कपिलवस्तु महोत्सवको तयारी पुरा

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७३ चैत ९ बुधबार
fncc.jpeg
कपिलवस्तु । “कपिलवस्तु जिल्लाको समग्र बिकासको आधार, धार्मिक स्थलको प्रबद्र्धन, पर्यटन, कृषी, उधोग र व्यापार” भन्ने मुल नाराका साथ कपिलवस्तुको तौलिहवा स्थित बुद्धपद्यम उच्च माध्यमिक बिद्यालयको खेल मैदानमा संचालन हुन गईरहको चौथौ प्राचिन कपिलवस्तु महोत्सवको तयारी पुरा भएको छ । 
 
तौलिहवा उद्योग बाणिज्य संघको आयोजनामा यहि चैत्र ११ देखी २३ गते सम्म संचालन हुने महोत्सवको तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरी   जानकारी दिएको छ । महोत्सवमा २ करोड बराबरको आर्थिक कारोवार हुने मेलाका संयोजक तथा तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कमुीले पत्रकार सम्मेलन मार्फत जानकारी गराए  ।
 
सो अवसरमा मेलामा १ सय ५० विभिन्न पर्यटन व्यापार ,उद्योग ,सस्कृती  लगायतका स्टल दर्ता भएको समेत कमुीले बताए । मेलामा डेढ लाख बढि दर्शकले अवलोकन गर्ने आयोजकले दावी गरेको छ । मेलाको उद्घाटन नेपाल  उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति मुरारकाले गर्नेछन् ।  
 
बुद्धपद्यम उच्च माविको खेल मैदानमा हाल मौवतका कुवा, झुला तथा बाल उत्थान लगायतका मनोरञ्जनका लागि आवश्यक पूर्वाधार साथ साथै स्टलहरु धमाधम निर्माण भएको देख्न सकिन्छ भने तौलिहवा आसपासका क्षेत्रहरुमा प्रचार प्रसार व्यापक पारिएको छ । तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी संयोजक तथा निवर्तमान अध्यक्ष संतोष कुमार कसौधन सह–संयोजक रहेको मुल समारोह समितिले बिभिन्न २६ वटा उपसमितिहरु गठन गरि जिम्मेवारी बाडफाँड गरी कार्य सम्पादन भएको कुर्मीले बताए ।
 
भगवान गौतम बुद्धको शान्तिको सन्देश विश्वमा फैलाउन र बुद्ध संग जोडिएका स्थानहरुको प्रचार प्रसार गर्नको लागि महोत्सव आयोजना गरिएको समितिले जनाएको छ । महोत्सवमा कृषि, पर्यटन,  ब्यापार, बाल उद्यान, मनोरजंन, गौतम बुद्ध र प्राचिन कपिलवस्तु झल्को दिने सामाग्रीहरुका साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने सह–संयोजक संतोष कसौधनले जानकारी   दिए । 
 
कपिलवस्तुको चिनारी नै गौतम बुद्ध रहेको हुंदा त्यसको प्रचार प्रसारमा प्राचिन कपिलवस्तु महोत्सवले महत्वपुर्ण योगदान दिने स्थानीयले वताएका छन । महोत्सवले कपिलवस्तुको विकास र प्राचिन कपिलवस्तुको ऐतिहासिक विशेषतालाई उजागर गर्न समेत बिशेष भुमिका खेल्ने हुंदा त्यसमा सवै कपिलवस्तु बासी लाग्नु पर्ने कपिलवस्तु नगर विकास समितिका अध्यक्ष रवी ठाकुरले बताउछन् । त्यस्तै बुद्ध नगरिमा प्रत्येक वर्ष आयोजना हुने महोत्सवले जिल्लाबासीमा उत्साह थप्ने विश्वास गरिएको छ । 
 
स्थानीयको मेहनत र योगदानको कारण नै महोत्सव चल्ने भएकोले यसमा युवाहरुको थप मेहनत आवश्यक रहेको तौलिहवा उद्योग बाणिज्यसंघका पूर्व अध्यक्ष अनिल कसौधनले बताए । महोत्सवमा बाल उधान, झुला, मौतका कुवा, बाल उत्थान मनोरन्जन तथा सांस्कृतिक कार्याक्रम, स्थानिय भाषा र संस्कृतीको प्रदर्शनका साथै राष्ट्रिय तथा स्थानिय, भोजपुरी कलाकारहरुको बेजोड प्रस्तुती रहने बाल उद्यान तथा मनोरंजन तथा सास्कृतिक कार्यक्रम संयोजक अर्जुन चापागाईले जानकारी दिए । 
 
महोत्सवको सह–आयोजमा जिल्ला विकास समिति कपिलवस्तु, कपिलवस्तु नगरपालिका, लुम्विनी विकाष कोष, घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार महासंघ कपिलवस्तु, गैर सरकारी संस्था महासंघ कपिलवस्तु र व्यापार संघ कपिलवस्तु रहेका छन भने प्रबद्र्धक नेपाल उद्योग बाणिज्य महासंघ, पर्यटन बोर्ड रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ