arrow

जापान उच्च राष्ट्रिय ब्यापार गर्न सफल

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
japanese-Yen.jpeg
टोक्यो । गत फेब्रुअरी महिनामा मासिक राष्ट्रिय ब्यापार तथा बाणिज्यगत कारोबारमा सन् २०१० यताकै अति उच्चतम बचत आर्जन गर्न जापान सफल भएको छ । 
 
यस अवधिमा जापानबाट अत्याधुनिक ठूला मेसिनरी तथा बिद्युतीय उपकरणहरुको चीन निर्यातमा २८ प्रतिशत वृद्धिले गर्दा पनि उच्चतम मुनाफा आर्जन गर्न जापान सफल भएको जनाइएको छ । 
 
यस्ता अत्याधुनिक ठूला मेसिनरी तथा बिद्युतीय उपकरणको प्रयोगबाट चीनले पनि निर्यातयोग्य गुणस्तरीय सर सामान उत्पादन गर्न सफल भएको जनाइएको छ । 
 
हालै प्रकाशित जापानको भन्सार तथा महसूलसम्बन्धि तथ्याङ्क प्रतिवेदनमा कूल राष्ट्रिय निर्यातमा ११ प्रतिशतले वृद्धि भएको तथा कूल राष्ट्रिय आयातमा भने एक प्रतिशतले कमी आएको समेत उल्लेख छ । त्यस्तै, राष्ट्रिय निर्यात बचततर्फ गत बर्षको तुलनामा दुईगुणा वृद्धि भई यस बर्ष आठ खर्ब १३ अर्ब ४० करोड जापानी येन (सात अर्ब तीस करोड अमेरिकी डलर) पुगेको छ । 
 
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आउनु र मुद्राको दर भाउ स्थिर रही अमेरिकी डलरको तुलनामा जापानी येन बलिष्ठ हुन सक्नुले नै मूलरुपमा राष्ट्रको अर्थतन्त्र चलायमान तुल्याउन आवश्यक पर्ने आयातित ग्यास र इन्धनको लागत कम गराउन सकी यस प्रकारको राष्ट्रिय उपलब्धि हासील हुनसकेको जापानी अर्थबिद्हरुको निष्कर्ष छ । 
 
साथै, अमेरिकासँगको ब्यापारतर्फ निर्यातमा शून्य दशमलब चार प्रतिशतले वृद्धि भइ ११ अर्ब अमेरिकी डलर पुगेको छ भने आयाततर्फ केही कमी आई छ खर्ब ११ अर्ब जापानी येन (५ अर्ब ५० करोड अमेरिकी डलर बराबर) रकमको राष्ट्रिय ब्यापार बचत हासिल भएको समेत उक्त प्रतिवेदनले जनाएको छ । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ