arrow

पाठेघरको मुखको क्यान्सर निःशुल्क परिक्षण गर्न मन्त्री थापाले मिलाए व्यवस्था

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
gagan-thapa-new-FNL-p.jpg.jpeg
काठमाडौं । स्वास्थ्य मन्त्रालयले यसै आर्थिक बर्षभित्रमा देशभरका सवै जिल्लामा पाठेघरको मुखमा हुने निःशुल्क क्यान्सरको परिक्षण सेवा सुरु गर्ने भएको छ । नेपालका अधिकांश महिलाहरुको मृत्युको मुख्य कारणको रुपमा रहेको पाठेघरको मुखमा हुने क्यान्सर न्युनिकरणका लागि मन्त्रालयले देशभरी सेवा विस्तार गर्ने भएको हो । नुवाकोटको विदुरमा भएको प्रजनन् स्वास्थ्य मेलालाई पठाएको शुभकामना सन्देशमा मन्त्री गगन थापाले महिला संवन्धी रोगहरुको उपचार सेवा र चेतना बृद्धिका कार्यक्रमहरु तिव्ररुपमा विस्तार गरिने उल्लेख गरेका छन् ।  
 
नुवाकोटमा भएको जस्तो प्रजनन स्वास्थ्य मेला देशभरका २० ठाउमा संचालन गरिने उनले जानकारी दिए । त्यस्तै पाठेघरको मुखमा क्यान्सर हुन रोक्ने एचपीभी भ्याक्सीन दिने कार्यक्रम अहिले चितवन र कास्कीमा संचालन भईरहेको थापाले सन्देशमा उल्लेख गरेका छन् ।
 
आगामी बर्षदेखि यस्ता कार्यक्रम क्रमश सवै गाँउपालिका, नगरपालिका र स्थानीय स्वास्थ्य संस्थासम्म पुर्याउने मन्त्रालयको लक्ष्य रहेको मन्त्री थापाको भनाई छ । महिलाको पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगिन जति सजिलो छ, क्यान्सर भर्ईसकेपछि जीबन जोगाउन त्यति नै गाह्रो छ भन्दै  स्वास्थ्य मन्त्री थापाले यसको रोकथाम निकै सजिलो र सस्तो भएकाले त्यसलाई उपयोग गर्नपनि सवैलाई आग्रह गरे।
 
स्वस्थ जीवनशैली अपनाउन र नियमित स्वास्थ्य परिक्षण गर्न मन्त्री थापाले सवैलाई आह्वान गरेका छन् । मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाको आयोजनामा मेलामा मिनिल्याव, परिवार नियोजन, यौन रोग, आङ खस्ने, पोषण लगायतका विषयमा परामर्श तथा उपचार सेवा दिइएको छ । महाशाखाका प्रमुख डा नरेशप्रताप केसीले २७१ जनाको परिक्षण गरिएको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ