arrow

काठमाडौंलाई संसारकै सुन्दर सहर बनाउने परिकल्पनाका साथ उत्रियो विवेकशिल

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
bibekshil_dal.jpeg
काठमाडौं । विवेकशील नेपाली दल काठमाडौंलाई केन्द्रीत गरि आफ्ना चुनाव लक्षित योजना सहित स्थानिय चुनावमा होमिने भएको छ । २०७४ बैशाख ३१ गते हुनलागेको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा विवेकशीलले आफ्नो परिकल्पना र योजना मतदातामाझ लिएर जान लागेको देखिएको छ । 
 
विवेकशिलले सन् २०३० सम्ममा काठमाडौंलाई संसारकै सुन्दर सहर बनाउने महत्वकाँक्षी योजना प्रस्तुत गरेको छ । धुलो र धुवाँले सास फेर्न गाह्रो भइरहेको बेला रचनात्मक विरोधका कार्यक्रमका साथ जनतालाई झक्झक्याउन लागिपरेको विवेकशीलले काठमाडौं संसारकै सुन्दर सहर बनाउने सपना लिएर जनतामाझ पुग्ने तयारी गरेको हो । सन् २०३० मा काठमाडौं संसारकै सुन्दर सहरको रुपमा बिश्व विख्यात पत्रिका टाइम पत्रीकामा कभरस्टोरी छापिने परिकल्पना सहितको सामग्रीलाई पुस्तिकाको रुपमा प्रकाशन गरेर मतदाता माझ पुग्ने तयारी विवेकशिलले गरेको हो । 
 
आगामी स्थानीय चुनावमा केन्द्रीत रहेर निकालेको परिकल्पना पत्रमा भनिएको छ "आउनुहोस, मिलेर बनाऔं संसारकै सुन्दर, हाम्रो काठमाडौं अहिले नगरे कहिले? हामीले नगरे कसले ?" 
 
गत बर्षको विनासकारी महभुकम्पले काठमाडौं उपत्यका लगायत १४ जिल्लालाई तहसनहस बनायो । कहिले ढलनिकासको नाममा सडक भत्काउने गरिन्छ त कहिले खानेपानी वा अन्य कुनै नाममा जसको कारण काठमाडौं हिलो र धुलोको सहरमा बिकास हुदै गरेको समयमा काठमाडौंलाई काठमाडौं नभनेर धुलोमाडौं समेत भन्न थालिएको छ ।
 
उपत्यकाको बढ्दो धुलो र धुवाकै कारण मानव स्वास्थ्यमा समेत प्रतीकुल असर परेको भन्दै बिज्ञहरुले समेत चिन्ता व्यक्त गरेका छन् । अन्तराष्ट्रीय क्षेत्रमा समेत काठमाडौंको पर्यावरणको बिषयमा चर्चा चल्न सुरु गरेको छ। यही अवस्थामा रहिरहने हो भने अवको २, ४ बर्षमा नै काठमाडौंवासीलाई दिर्घरोगीको समस्याले सताउन सक्दछ ।
 
उपत्यकाको बर्तमान समस्यालाई मध्यनजर गर्दै त्यस्को समाधान सहित विवेकशिल नेपालले ५ बटा बुदाँका आधारमा सन २०३० सम्ममा काठमाडौलाई संसारकै सुन्दर सहर बनाउने कल्पना प्रस्तुत गरेको छ । विवेकशिलले गरेको परिकल्पनामा सन २०३० सम्ममा काठमाडौं झन्झटमुक्त, सुविधायुक्त सहर बन्ने छ भने काठमाडौं धुवाँधुलोमुक्त हरावरा सहर बन्ने छ । गरीखान पाउने उद्यमशील सहर, हिडुँहिडुँ लाग्ने झिलिमिली सहर बन्ने छ भने विभिदताले झल्कने सहरको परिकल्पना विवेकशिलले गरेको छ । 
 
बर्तमानमा सरकारी कार्यालयको बेतिथीबाट आजित भएका नेपाली जनताले सन २०३० सम्ममा देशका हरेक प्रसासनीक निकायमा सदाचार, कार्य सम्पादनमा सहजता  र स्थानीयको पहुचलाइ सहज बनाउने बिषय परिकल्पनामा समेटीएको छ। साथै काठमाडौंको सामाजिक सदभाव र सुन्दर समाजको परिकल्पना विवेकशिलले गरेको छ। हरियो बन नेपालको धन भन्ने नारालाइ सार्थकता प्रदान गर्दै काठमाडौं हरीत नगर सफा नगरको रुपमा बिकास हुने छ परिकल्पना गरेको विवेकशिलले अपाङग मैत्री यातायात, अपाङग मैत्री बाटो, साइकल र पैदल यात्रीकालागी बिशेषमार्ग र बैकल्पिक उर्जालाई समेत प्राथमिकतामा समेटेको छ ।
 
नेपालकै प्रमुख समस्याको रुपमा रहेको उर्जा संकट, त्यस्को समाधानको बाटो र बैकल्पीक उर्जाको प्रयोग समेत परिकल्पनामा समेटिएको छ । बर्षा याममा बर्षा र हिउँदमा शितवाट पानी संग्रह गरी उपत्यकामा हुने पानीको समस्यावाट उपत्यकाबासीलाई मुक्त गराउन सकिने परिकल्पना गरीएको छ । विवेकशील नेपाली दलले प्रस्तुत गरेको परिकल्पना पत्रलाई संसारकै सुन्दर सहर काठमाडौं उपत्यका विश्व विख्यात टाइम पत्रिका, सन २०३० नाम दिइएको छ। परिकल्पना अनुसार सफल भए  सन २०३० को टाइम पत्रीकाले छाप्न सक्ने १० वटा आलेख समेत समेटेको छ । समेटीएका आलेखहरुमा सहरका सुन्दर पक्षको ब्याख्या गरिएको छ भने काठमाडौं पर्यटनको प्रमुख गन्तब्य रहेको पुष्टी समेत गरिएको छ ।
 
बैसाख ३१ गते हुन लागेको स्थानिय तहको चुनावमा ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ वटा गाँउपालिका गरी देश भरीका जम्मा ७४४ वटा स्थानिय तहमा एकै दिन चुनाव हुँदै छ । ३१ गते हुने चुनावका लागी ११३ दल निर्वाचन आयोगमा दर्ता भइ निर्वाचनको तयारीमा समेत जुटी सकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ