arrow

रोमानिया र अल्बानिया पनि युरोकप खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1720370077.jpeg

एजेन्सी । रोमानिया र अल्बानिया अर्को वर्ष फ्रान्समा हुने युरोकप फुटबलका लागि छानिएका छन् । आइतबार राति भएको छनोट खेलमा आ–आफ्नो समूहबाट विजयी हुँदै दुवै राष्ट्रले युरोकप यात्रा तय गरेका हुन् ।

समूह एफ्को खेलमा फारो आइसल्याण्डसलाई ३–० ले हराउँदै रोमानिया उपविजेताको रुपमा युरोकपका लागि छनोट भयो । उता समूह आइमा रहेको अल्बानियाले अर्मेनियालाई ३–० ले नै हरायो । अल्बानिया समेत समूह उपविजेता बन्दै युरोकप २०१६ का लागि छानियो ।

यस्तै, छनौटमा परिसकेको पोर्चुगलले सर्वियालाई २–१ ले हरायो । ग्रिसले हंगेरीविरुद्ध ४–३ को संघर्षपूर्ण जित निकाल्यो । स्कटल्याण्डले जिब्रालटारलाई ६–० हराउँदा फिनल्याण्ड र नर्दन आयरल्याण्डले १–१ को बराबरी खेले ।

अहिले सम्म सकिएका छनोट खेलमा आयोजक फ्रान्ससहित बेल्जियम, ईटली, वेल्स आइसल्याण्ड, चेक गणतन्त्र, बेल्जियम, वेल्स, स्पेन, इङ्गल्याण्ड, स्वीट्जरल्याण्ड, नर्दन आयरल्याण्ड, अष्ट्रिया, ईटली र पोर्चुगल युरोकपका लागि छानिएका छन् । युरोकप छनौट चरणका खेलहरु मंगलबार सकिने छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ