टुक्रिने र जुट्ने दलमा कडाइ, गठबन्धन बनाए पाँच वर्षसम्म छुट्टिन नपाइने

प्रकाशित मिति : २०७३ चैत १० बिहिबार , ५,८५९ पटक हेरिएको
काठमाडौं । संसद्ले बुधबार पारित गरेको राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ मा दलहरूले गठबन्धन बनाएर एकल चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरिएको छ । 
 
यसरी निर्वाचनमा जाँदा समानुपातिक र प्रत्यक्षतर्पmबाट निर्वाचित हुने प्रतिनिधि गठबन्धनको साझा हुनेछन् । 
 
गठबन्धन बनाएका दलहरू पाँच वर्षसम्म छुट्टिन नपाउने र चुनाव चिह्न पनि उही हुने बाध्यकारी व्यवस्था विधेयकमा रहेको एमाले सांसद रामेश्वर फुँयालले जानकारी दिए । (नयाँ पत्रिका दैनिक)
 
नयाँ