arrow

इङल्याण्डमाथि जर्मनीको जित, आफ्नो विदाइ खेलमा पोडोलोस्की नै हिरो

logo
प्रकाशित २०७३ चैत १० बिहिबार
germany-podoloski.jpeg
सिग्नल इदुना पार्क । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा जर्मनीले इङल्याण्डमाथि १–० को जित हासिल गरेको छ । बुधबार राति जर्मनीको सिग्नल इदुना पार्कमा भएको खेलमा जर्मनीका लागि लुकास पोडोलोस्कीले निर्णायक गोल गरे ।
 
खेलको  ६९ औं मिनेटमा लुकास पोडोलोस्कीले ३० यार्डबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । इङलिश प्रिमियर क्लव आर्सनलका पूर्व खेलाडी पोडोलोस्कीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा शानदार नायकी प्रदर्शन गरेका हुन् । अब पोडोलोस्की अन्तर्राष्ट्रिय खेलमा देखिने छैनन् । 
 
को हुन् पोडोलोस्की ?
पोल्याण्डको गिल्वाइसमा जन्मिएका पोडोलोस्की जर्मनीका लागि एडप्टेड हुन् । उनी दुई वर्षको उमेरमै जर्मनी आइपुगेका थिए । ३१ वर्षीय पोडोलोस्कीले जर्मनीका लागि १ सय ३० अन्तर्राष्ट्रिय खेल खेले ४८ गोल गरे । उनी जर्मनीले सन् २०१४ को विश्वकप जित्दाका टोलीका प्रमुख खेलाडी पनि हुन् । 
 
विश्वकप छनोटभन्दा अगाडि खेलिएको यो खेल इङ्लिश प्रशिक्षक ग्यारेथ साउथगेटको पहिलो अन्तर्राष्ट्रिय खेल हो ।
The German captain can barely believe his incredible strike on his final appearance for his country
The 31-year-old celebrates marking his final appearance for Germany with an incredible strike from distance
Manchester City starlet Leroy Sane celebrates with Podolski as he celebrates his goal with the home crowd
The Galatasaray forward points towards the home fans after giving Germany the lead over England on Wednesday night
Jamie Vardy goes down under the challenge of Germany goalkeeper Marc-Andre ter Stegen on Wednesday night
England midfielder Eric Dier connects with Adam Lallana's corner but his header is easily saved by Marc-Andre ter Stegen
Liverpool and England midfielder Adam Lallana breaks through on goal and unleashes a shot with his left foot



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ