arrow

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा चेक गणतन्त्रको आकर्षक जित

logo
प्रकाशित २०७३ चैत १० बिहिबार
int-football.jpeg
काठमाडौं । विश्वकप छनोट फुटबलअघिको वार्मअप मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा चेक गणतन्त्रले फर्ममै भएको संकेत गरेको छ । बुधबार राति भएको खेलमा चेक गणतन्त्रले लिुथुआनियालाई ३–० ले हरायो ।
 
त्यस्तै भियतनाम र चाइनिज ताइपेइले १–१ गोलको बराबरी खेले । त्यस्तै स्कटल्याण्ड र क्यानडाले पनि १–१ गोलकै बराबरी खेले ।
 
भारतले क्याम्बोडियामाथि ३–२ को जित निकाल्दा फिलिपिन्स र मलेसियाले गोलरहित बराबरी खेले ।
 
प्यालेस्टाइनले यमनलाई १–० ले हराउँदा साइप्रसले काजखस्तानमाथि ३–१ को जित दर्ता गरायो । 
 
त्यस्तै बिहीबार बिहान भएको खेलमा कुराकाओ र एल साल्भाडोरले १–१ गोलको बराबरी खेलेका छन् । 
 
मैत्रिपूर्ण फुटबलमै विश्वकपको साविक विजेता जर्मनीले पूर्व विजेता इङल्याण्डलाई १–० ले हराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ