arrow

बझाङमा चुनावको सरगर्मी, चोक देखि चिया पसल सम्म निर्वाचनको चर्चा

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ चैत १० बिहिबार
bajhang.jpeg
बझाङ (छान्ना)। लामो समय देखि स्थानिय तहको निर्बाचन हुने भएपछि सदरमुकाम देखि गाँउ गाँउका चोक तथा चिया पसल देखि सबै ठाँउमा स्थानिय तहको निर्बाचनको चर्चा हुन थालेको छ। स्थानिय तहको निर्वाचनका लागी सरकारले बैसाख ३१ गतेको मिति तय गरे पछि चुनावी बहस सुरु हुन थालेको हो।  स्थानिय तहको संरचना अनुसार यस जिल्लामा पनि १० गाउँपालिक र दुई नगरपालिकामा बिभाजन गरे पछि  कुन गाउँपालिकामा कुन पाटीको बिजय हुन्छ र कुन उम्मेदवार हुन सक्छन भनि बहस सुरु हुन थालेको छ।
 
चोक देखि चिया पसल, कार्यालय देखि देखि भट्टी पसल सम्म स्थानिय तहको निर्वाचनको परिचर्चा हुन थालेको छ। राजनीतीक दलहरु पनि गाउँसम्मेलन तथा निर्वाचनमा भिड्ने उम्मेदवारहरुको तयारीमा ब्यस्त रहेका छन्। सरकारको नेतृत्व गरेको माओबादी केन्द्र तथा  सहयात्री नेपाली काग्रेस भने गाउँ सम्मेलनमा ब्यस्त रहेका छन्।
 
प्रमुख बिपक्ष दल एमाले पनि निर्वाचन समितीको बैठक सकाएर आफ्नो तर्फबाट गाउँपालिका तथा नगरकार्यपालिको उम्मेदवारको तयारीमा जुटेको छ। स्थानिय तहको निर्वाचनलाई लक्षित गरि भातृ संघ संगठन सहित घरदैलो अभियानमा जुटेको नेपाली काग्रेसका सभापति हर्कजङ्ग बहादुर सिंहले भने ‘हामी गाँउ सम्मेलनमा जुटेका छौ गाँउ-गाँउ गएर कार्यकर्ता भेटघाटमा समेत तिब्रता दिएका छौ, चुनाव जित्नका लागी धेरै तयारी गर्नुपर्ने छ’। निर्वाचन क्षेत्रिय समितीको बैठक सक्यौ नेकपा एमालेका नेता सुरत सिहंले भने ‘नेकपा एमाले समेत गाउँ तथा घरदैलो अभियानमा जाने तयारी गरि रहेको बताउदै चैत्र १० गते बस्ने जिल्ला कमिटीको बैठक पछि कार्यकर्ताहरु सँग भेटघाटमा जुट्ने छौ’।   
 
२०७० सालको संबिधानसभाको निर्वाचनमा जिल्लाका दुबै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र नेकपा एमाले बिच भएको कडा प्रतिस्पर्धा पछि एमालेले बिजय हासिल गरेको थियो। जिल्ला भरि एमाले बलियो देखिए पनि थोरै मतान्तरले पराजय भोगेको काँग्रेस पनि त्यती कमजोर भने छैन्। साबिकको दुई निर्वाचन क्षेत्रहरु मध्ये क्षेत्र नम्मर दुईमा काँग्रेस बलियो देखिन्छ भने क्षेत्र नम्बर एकमा भने एमालेको जनमत बढी हुन सक्ने स्थानिय बासीहरुको आकलन छ। जिल्लाको काँडा, सुर्मा दौलिचौर, खप्तड छान्ना , बिथ्थड चिर , थलीदुर्गा गाउँपालिका र बुंगल गाउँपालिकामा  नेपाली काँग्रेसका बलियो हुन सक्ने स्थानियको अनुमान छ भने जयपृथ्बी नगरपालिका सहित तल्कोट ,मस्टा ,थलारा, छबिस पाथीभेरा र केदार सन्स्यू गाउँपालिका एमालेले बलियो देखिने आकलन गरिएको छ।
 
नेकपा माओबादी केन्द्र पनि प्रतिस्पर्धामा आउने देखिए पनि माओबादी केन्द्रको कुनै त्यस्तो खास क्षेत्र नभए पनि गाउँपालिकाका कुनै वडाहरुमा आउन सक्ने  जानकारहरु बताउन्छन। पछिल्लो समयमा राजनीतिक दलहरु प्रति स्थानियको बिस्वास खस्कीरहेका बेला स्थानिय तहको निर्वचनले भने यसका थप चासो तथा उर्जा थपेको मानब अधिकारकर्मी दिर्घराज उपाध्यायको भनाई छ। उनी बन्छन् ‘स्थानिय निकायको निर्वाचन नहुदा नेताहरु थन्केका थिए तर अब यसले स्थानिय नेताहरुमा उर्जा थपेको छ ’।  बिकास निर्माणका कामहरुमा खासै चासो नदेखाउने स्थानिय राजनीतिज्ञहरु भने सरकारले स्थानिय तहको मिती सार्बजनिक गरे पछि स्थानिय नेता जनताको प्यारा हुन बिभिन्न बाहनाबाजी गरि रहेका छान्नाका स्थानिय हिमन्त  रोकाया भने ‘नेताहरुले त सधै जनताका पिरमर्का बुझ्नु पर्छ चुनाव ताका आएर मात्र हुदैन’। 
 
स्थानिय तहको निर्वाचन संगै जिल्लामा भने निकै तडक भडक सुरु हुन थालेको छ। बिभिन्न पाटी परित्याग गरि प्रबेश गर्ने र गाराउने होडबाजी नै चलेको छ। झण्डै दुई दशक देखि हुन नसकेको स्थानिय निर्वाचन, हुने भएपछि स्थानिय क्षेत्रमा सबै पाटिहरुमा आकांक्षीहरुको पनि तछाड मछाड हुन थालेको छ। स्थानिय नेताले टिकट पाउनका लागी लबिङ्ग सुरु गरि रहेका छन् भने केही नेताहरु भने घरदैलो अभियान मार्फत भोट माग्नका लागी जुटि सकेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ