arrow

चीन जानुअघि प्रचण्ड मोर्चासँग निर्णायक छलफल गर्दै, उपेन्द्र भारतबाट फर्किए

logo
प्रकाशित २०७३ चैत १० बिहिबार
morcha-pm-prachanda-news.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन उड्नु अघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्ने तयारी गरेका छन् । सहमति अन्तिम चरणमा पुगेको जिकिर समेत प्रधानमन्त्रीले गरेका छन् । चीन जानुअघि साँझ प्रधानमन्त्री दाहालले बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा सहमति हुने सम्भावना रहेको बताइएको छ ।

सहमति जुटाउन भन्दै मधेशी मोर्चाका नेताहरुसँग पटक–पटक छलफल गर्दै आएका दाहालले चीन उड्नु पहिले मोर्चासँग सहमति गरेर जाने मनस्थिति बनाएको उनको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले वुधबारै मोर्चासँग छलफल गर्न खोजेपनि मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेपाल बाहिर रहेकाले बैठक हुन नसकेको बताइएको छ ।

उपेन्द्र यादव विहिबार मात्रै भारतबाट फर्किएकाले प्रधानमन्त्रीले चीन जानुअघि मोर्चाका नेताहरुसँग छलफल गर्न खोजेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ