arrow

ओली निवासको बैठकले यस्तो तोक्यो उम्मेद्वारको मापदण्ड

logo
प्रकाशित २०७३ चैत १० बिहिबार
UML-Press-meet-1.jpg.jpeg

काठमाडौं । मुख्य विपक्षी दल एमालेले स्थानीय तहको उम्मेदवार छनौट गर्ने कार्यविधि एवं मापदण्ड तयार पारेको छ । पार्टी अध्यक्ष केपी ओलीको नीजि निवास बालकोटमा बसेको एमाले स्थायी समिति बैठकल गाउँपालिका र नगरपालिकाका वडाको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटिले गर्ने कार्यविधि तय गरेको छ ।

यस्तै, नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा प्रदेश कमिटीले तय गर्ने र उपमहानगरपालिका तथा महानगरपालिकाको उम्मेदवारको टुंगो सम्बन्धित जिल्ला कमिटि, प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले तय गर्ने बैठकले निर्णय गरेको छ ।

सबै तहको उम्मेदवारी चयन स्थानीय कमिटीकै सिफारिसमा हुने कार्यविधि तय गरिएको सचिव योगेश भट्टराईले जानकारी दिए । उनले भने, ‘गाउँ तहसम्मै निर्वाचन परिचालन कमिटी गठन गरी निर्वाचन अभियानमा जुटने निर्णय भएको छ ।’
उनका अनुसार एमालेले पार्टीप्रति प्रतिवद्ध, लोकप्रिय, इमान्दार, अनुशासित र कुनै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न नभएकाहरुलाई उम्मेदवार बनाउने विधि तय गरेको छ । उम्मेदवारी चयन गर्दा समावेशीतालाई पनि ध्यान दिइने निर्णय गरिएको सचिव भट्टराईले बताए ।

यसैबीच, एमालेले निर्वाचन आचारसंहिता पालना गराउन निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएको छ । एमालेले सरकारले निर्वाचन आचारसंहिता लागु भइसकेपछि पनि सरुवा, बढुवा, बजेट विनियोजना जस्ता निर्वाचन गतिविधि गरेको भन्दै आपत्ति जनाएको छ । यसअघि बसेको बैठकले समेत यस विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो ।

यस्तै, बैठकले दुई नम्बर प्रदेशमा चैत्र महिनाभर प्रदेशस्तरीय विस्तारित भेला, जिल्ला स्तरीय कार्यकर्ता भेला र गाउँ–नगर स्तरीय जनसभा गर्ने निर्णय पनि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ