arrow

बालुवाटार भेटमा प्रचण्डलाई झस्काए चिनियाँ रक्षामन्त्रीले

‘स्वतन्त्र तिब्बत मुभमेन्टको डर’

logo
प्रकाशित २०७३ चैत १० बिहिबार
PM-and-chan.jpeg

काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच भेट भएको छ । नेपालको तीन दिने भ्रमणमा आएका चिनीयाँ रक्षामन्त्री भेटका लागि दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगे ।

भेटमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ माथि उठाउने बताए । भेटमा प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहँदै आएको बताउँदै चीनको अभिन्न अंग तिब्बत र ताइवान विरोधी गतिविधिको सधै नेपालले विरोध गर्ने प्रष्ट्याए । याे भेटले नेपाललाई चीनले स्वतन्त्र तिब्बतको मुभमेन्ट कमजाेर पार्न भूमिका खेल्न दबाब दिइरहेकाे  विषय थप खुलेर अाएकाे बताइँदै छ ।

कोचीनले अघि सारेको वान बेल्ट वान रोड परियोजनामा साझेदार बन्न नेपाल इच्छुक रहेको प्रधानमन्त्रीले बताए । नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताउँदै सहयोगप्रति आभार जनाए । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच विकसित सम्बन्धप्रति प्रधानमन्त्रीले सन्तोष जनाए । प्रधानमन्त्रीले रक्षामन्त्री चाङको नेपाल भ्रमण पूर्ण सफलताको कामना गरे ।

भेटका अवसरमा रक्षामन्त्री जनरल चाङ वानक्वानले प्रधानमन्त्रीको चीन भ्रमणको पूर्ण सफलताको कामना गर्दै नेपाल सरकार र नेपाली जनताले चीनप्रति देखाएको सदभाव र आत्मीय सम्बन्धप्रति आभार प्रकट गरे । उनले ताइवान र तिब्बत मामिलामा चीनप्रति नेपालको बलियो समर्थनका लागि धन्यवाद दिँदै वान वेल्ट वान रोडमा सहभागिताका लागि पनि धन्यवाद जनाए । नेपालको विकास र अन्य आवश्यकताका लागि चीनले सधै नजिकबाट सहयोग गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ