arrow

नेपाली काँग्रेसले गाउँपालिकामा उम्मेद्वारी घोषणा सुरु गर्‌‍याे

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सर्वसम्मत उम्मेद्वारी घोषणा

logo
प्रकाशित २०७३ चैत १० बिहिबार
myagdi-congress.jpeg

म्याग्दी । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि गाउँपालिकामा उम्मेद्वारी घोषणा गर्न सुरु गरेको छ । काँग्रेसले म्याग्दीबाट गाउँपालिकामा उम्मेद्वारी घोषणा सुरु गरेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ईकाई समतिको अगुवा कार्यकर्ता गोष्ठीले काँग्रेस म्याग्दीका महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि क्याडमबहादुर गर्बुजा पुनको  सर्वसम्मत उम्मेदवारी घोषणा गरेको छ ।

गाउँपालिका प्रमुखमा गर्बुजाको उम्मेद्वारी घोषणा काँग्रेसबाट पहिलो भएको भेलामा सहभागिहरुले बताएका छन् । अन्नपूर्ण गाउँपालिका इकाई समितिको वडा नम्बर ५ सिखमा भएको अगुवा कार्यकर्ता गोष्ठीमा स्थानीय कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । उत्तरी भेगका ८ वटा साविक गाविसलाई ८ वडा बनाई अन्नपूर्ण गाउपालिका निर्माण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ