arrow

बालुवाटारमा दलहरुको खासखुस्, संविधान संशोधनमा एमाले सकारात्मक

मोर्चाका कोही नेता खुस्, कोही रिसले चुर

logo
प्रकाशित २०७३ चैत १० बिहिबार
baluwatar-ma-bb-n.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन जानु अघि सरकारमा संलग्न काँग्रेस, माओवादी केन्द्र, राप्रपा, प्रमुख प्रतिपक्षी एमाले र मधेसी मोर्चा तथा गठबन्धनसँग संयुक्त छलफल गरेका छन् । विहिबार साँझ बालुवाटामा बसेको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको बैठकमा सहभागि नेताहरुले बताएका छन् ।

बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधनमा सीमाङ्कनको विषय पछि टुंगो लगाउने गरी अन्य विषयमा सहमति जुटाएर स्थानीय तहको निर्वाचनमा जुट्न आग्रह गरे । संयुक्त बैठक गर्नअघि पनि प्रधानमन्त्रीले प्रमुख विपक्षी दलकानेता र सहमति गर्न गठित कार्यदलका सदस्यहरुसँग सोही प्रस्ताव राखेका थिए ।

बैठक सकारात्मक भएको नेपाल सद्भावनाका अध्यक्ष अनिल झाले हाम्राकुरालाई जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीको तयारी यही छलफलमा सहमति गर्ने थियो । तर, विपक्षी एमालेले आजै सहमति हुन सक्दैन भन्यो । एमालेले पनि प्रधानमन्त्री चीन भ्रमणबाट आएपछि सहमति गर्ने भनेको छ ।’ बैठकमा सकारात्मकढंगले छलफल भएको र सहमतिवाटै संविधान संशोधनको विषय टुंगो लगाउने कुरा भएको बताउँदै झाले भने, ‘अहिले त वातावरण ठिकै बनेको छ । प्रधानमन्त्री फर्किदासम्म के हुन्छ थाहा छैन ।’

मधेसी मोर्चा र गठनबन्धमा आवद्ध दलहरुको निर्वाचनमा जान तयार छन् तर, निर्वाचन अभि गरेका प्रतिवद्धता पुराई भई संविधान संशोधन हुनु पर्नेमा हाम्रो जोड हो, झाले भनेका छन् । उनले अगाडि भने, ‘हाम्रो एजेण्डा पूरा नभई कसरी निर्वाचनमा जाने । एजेण्डानै भएन भने यत्रो मान्छे मरेको छ हामीलाई जनताले कुट्छ । हामी चुनाव विरोधी होइनौँ ।’

बैठकमा सहभागि तराई मधेस सद्भावना पार्टीका अध्यक्ष मेहन्द्र राय यादव भने बालुवाटारमा भएको छलफलदेखि सन्तुष्ट थिएनन् । झोंकिदै उनले भने, ‘विषयमा प्रवेश नै भएन । चिया गफ भयो सकियो ।’ बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणबारे पनि कुरा भएको थियो ।  

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापा, एमाले नेताहरु वामदेव गौतम र सुवास नेम्वाङ, माओवादी केन्द्रका प्रवक्ता पम्फा भूषाल र नेता मातृका यादव, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महत्तो, अनिल झा, महेन्द्र राय यादव लगायत सहभागि थिए ।

प्रधानमन्त्री दाहालको एमालेलाई यस्तो प्रस्ताव
प्रधानमन्त्री दाहालले प्रमुख विपक्षी एमालेलाई सीमाङ्कनलाई थाती राखेर अन्य विषयमा संशोधन विधेयक अघि बढाउने प्रस्ताव राखेका छन् । जसमा एमाले सकारात्मक देखिएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा प्रचण्डले सीमांकनलाई थाती राखेर अन्य विषय अघि बढाउने भन्दै सकारात्मक भइदिन आग्रह गरे । एमालेबाट अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतम सहभागि रहेको सो भेटमा कांग्रेस नेता एवं कार्यदल सदस्य कृष्णप्रसाद सिटौलाले अहिलेसम्म भएका गृहकार्यबारे जानकारी दिए ।

भेटमा प्रधानमन्त्रीले सीमाङ्कन थाती राख्ने र अरु विषयमा सहयोग गर्न भनेको एमाले नेता बामदेव गौतमले बताए । उनले आफुहरुले संशोधन संविधान विपरित भएकाले विरोध गरेको र संवैधानिक प्रक्रियाको विरोध नगर्ने भएको सुनाए । एमाले सकारात्मक भएपनि प्रधानमन्त्री चीनबाट फर्किएपछि मात्रै यसविषयमा टुंगो लाग्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ