arrow

एमालेकी सांसद दुलारी देवीको निधन

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
dulari-devi.jpeg
काठमाडौँ । सर्लाहीबाट नेकपा एमालेका तर्फबाट समानुपातिक सांसद दुलारी देवीको बिएन्डबी अस्पताल, ललितपुरमा उपचारका क्रममा बिहीबार निधन भएको छ । 
 
यही चैत ३ गते भारतको सीतामढीमा गाडी दुर्घटनामा परेकी सांसद देवीलाई भोलिपल्ट सो अस्पतालमा ल्याई उपचारमा राखिएको थियो । 
 
मोटरसाइकलमा रहेकी उनलाई ट्रकले ठक्कर दिँदा दुवै खुट्टामा गम्भीर चोट लागेको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिए । 
 
सर्लाही ब्रह्मपुरी–८ का ४८ वर्षीया देवी हाल कामपा–३४ शान्तिनगरमा बस्दै आएकी थिइन् । उनका पति, दुई छोरा र दुई छोरी छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ