arrow

विश्वकप छनोट फुटबलमा जापान लयमा, दक्षिण कोरिया चीनसंग पराजित

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
japan-football.jpeg
युएई । विश्वकप छनोट क्रिकेटमा जापानले युएईलाई हराएको छ । घरेलु मैदानमा खेलेको युएईमाथि जापानले २–० को जित निकालेको हो । जापानलाई जिताउन युया कोबो र यासुयुकी कोन्नोले एक एक गोल गरे ।
 
एसियाली समूहको समूह बी मा रहेको जापानले यो जितसंगै ६ खेलबाट १३ अंकसहित शीर्ष स्थानको साउदी अरेबियासंग बराबरी गरेको छ । साउदी अरेबियाले थाइल्याण्डलाई ३–० ले हराउँदै शीर्ष स्थानलाइ कायमै राखेको हो ।
 
सोही समूहको अष्ट्रेलियाले ईराकसंग १–१ को बराबरी खेलेको छ । अष्ट्रेलिया १० अंकसहित ६ टिम सहभागी समूहको तेस्रो स्थानमा छ । 
The Australia players celebrate Mathew Leckie's goal in their 1-1 draw with Iraq
 
यता, समूह ए को खेलमा चीनले दक्षिण कोरियालाई १–० ले हराएको छ । चीनलाई जिताउन खेलको ३४ औं मिनेटमा तपयो यीउले निर्णायक गोल गरे । 
 
त्यस्तै इरानले कतारलाई १–० ले तथा सिरियाले उज्वेकिस्तानलाई १–० ले हरायो । ६ खेलबाट १४ अंकसहित इरान शीर्ष स्थानमा छ भने १० अंकको दक्षिण कोरिया दोस्रो स्थानमा छ ।
Iran's Mehdi Taremi (R) celebrates with teammates Sardar Azmoun (C) and Alireza Bakhsh
 
९ अंकबाट उज्वेकिस्तान तेस्रो, ८ अंकबाट सिरिया चौथो, ५ अंकबाट चीन पाँचौं तथा ४ अंकबाट कतार पुछारमा छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ