arrow

सहिद परिवर र घाइतेलाई भेट्न गृहमन्त्री निधि र भौतिकमन्त्री लेखक पुनर्बास आउदै

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७३ चैत ११ शुक्रबार
kanchanpur_aa.jpeg
कञ्चनपुर। नेपाली भुमीमा अतिक्रमणको बिरोधमा प्रदर्शनका क्रममा भारतीय प्रहरीको गोलि प्रहारबाट शहादत प्राप्त सहिद गोबिन्द गौतम र घाईते टिकारामको परिवार संग भेट्घाटकालागी नेपाल सरकारका गृहमन्त्री बिमलेन्द्र निधि र भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक शनिबार पुनर्बास आउने भएकाछन।
 
पुनर्बासको आनन्दबजारमा सीमा अतिक्रमण विरुद्ध प्रतिकारमा उत्रेका नेपाली माथी भारतीय प्रहरीले गोलि चलाउदा स्थानिय गोबिन्दको ज्यान गएको थियो भने चापागाइ गम्भीर घाइते भएका थिए।
 
सहिद परिवारलाइ सम्मान र घाईतेको अवस्था बुझ्न निर्वाचन क्षेत्र नम्बर १ का साँसद दिवान बिष्टको पहलमा नेपाल सरकारका प्रभावशाली मन्त्री पुनर्बास र बेलौरी आउने भएका छन्। सीमाको रक्षाकालागी ज्यानको बाजि लगाउन पछि नपर्ने  बिरांगाना सहिद गौतमको परिवार र घाइतेलाई भेट्न नेपाल सरकारका मन्त्रीहरु आउने नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले जानकारी दिए। राज्यले सहिद परिवारलाई दिन घोषणा गरेको १० लाख राहत हस्तान्तरण समेत मन्त्री द्वयबाट हुने नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति गोपिप्रसाद उपाध्यायले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ