arrow

[अपडेट] स्वर्गद्धारीमा स्कार्पियो जीप दुर्घटना, छ जनाको मृत्यु

चालकसहित तीन गम्भीर

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
pyuthan.jpeg
प्यूठान । प्यूठानको स्वर्गद्धारी दर्शनका लागि जाँदै गरेको जीप दुर्घटना शुक्रबार बिहान दुर्घटनामा परेको छ । स्वर्गद्धारी नगरपालिकाको भिंग्री–६ रुमालेमा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
 
जीपमा सवार नौ जनामध्ये चालकसहित तीन जनाको अवस्था गम्भीर भएको उद्धारमा संलग्न स्थानीय नेपाली काँग्रेसका नेता तिलक विकले जानकारी दिएका छन् ।
 
जीप सडकबाट चार सय मिटर तल खसेको थियो । मृतकहरुको शव निकालेर बारीमा राखिएको छ ।
 
घाइतेहरुलाई उपचारका लागि लगिदैछ । दुर्घटनामा पर्नेहरु सबै काठमाडौंवासी भएको जनाइएको छ । 
 
बा ८ च १५६१ नम्बरको स्कार्पियो जीप बिहान ८ः३० बजेतिर दुर्घटनामा परेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ