arrow

स्थानीय निकाय निर्वाचनः सुनसरीमा एकसय ६५ मतदान केन्द्र

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
Sunsari-hamrakura-237x300.jpg.jpeg
इनरुवा । स्थानीय निकायको निर्वाचनका लागि सुनसरीमा एकसय ६५ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीले दिएको जानकारीअनुसार जिल्लामा एकसय ६५ वटा मतदान केन्द्र तोक्ने निर्णय गरेको हो । 
 
चुनावको मिति नजिकिँदै जाँदा सुरक्षा व्यवस्था मजबुत बनाउने र सुरक्षाका दृष्टिले संवेदनशील हुनसक्ने स्थानको अध्ययन गरी निगरानी र सतर्कता बढाउने सन्दर्भमा समेत कार्यालय गम्भीर रहेको कार्यालयले जनाएको छ । 
 
कार्यालयले दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिका गरी जिल्लामा एकसय ६५ मतदान केन्द्र तोकेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी शान्तिबहादुर अधिकारीले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ