arrow

पत्रकार महासंघ तनहुँका अध्यक्ष अधिकारी व्यास नगरपालिका प्रमुखको दाबेदार

नायकको हिरोजस्तै इन्ट्री मार्ने दाउ

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
adhikari-journalist.jpeg
दमौली । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डम्बर अधिकारी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिकाको प्रमुखको दाबेदारको रुपमा देखिएका छन् ।
अधिकारी नेपाली काग्रेसको तर्फबाट प्रमुखको दाबेदारका रुपमा देखिएका हुन् । विद्यालय तह देखिनै नेपाल विद्यार्थी संघको राजनीतिमा आवद्ध हुुँदै आएका अधिकारी काग्रेस पार्टीको राजनीतिमा समेत सक्रिय रहेका छन् । 
 
अध्यक्ष अधिकारी स्थानीय तहमा युवा पुस्ताको प्रतिनिधित्वका लागि आफूले प्रमुखमा दावी गरेको बताउँछन् । साथै अध्यक्ष अधिकारी नगरपालिकाको प्रमुख बन्नका लागि नभई प्रमुख सेवक बन्नका लागि आफूले प्रमुखमा दावी गरेको समेत बताउँछन् ।
हिन्दी फिल्म नायकमा चलचित्रका नायक अनिल कपुरले पत्रकारिताबाट मुख्य मन्त्री जिम्मेवारी सम्हाले जस्तै  व्यास नगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्ने आफ्नो तीब्र इच्छा भएको अध्यक्ष अधिकारीको भनाई रहेको छ । 
 
प्रमुखका दाबेदार अधिकारी काँग्रेस केन्द्रीय सदस्य एवं वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी निकट मानिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ