arrow

बुढानीलकण्ठ नगरपालिकामा काँग्रेसबाट वडा अध्यक्षमा क–कसको छ दावेदारी ?

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
congress-123.jpg.jpeg
काठमाडौं। आगामी बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा पार्टीगत रुपमा उम्मेदवारीको आकांक्षा देखाउनेहरुको पनि होड सुरु भएको छ। स्थानीय तहको निर्वाचनको तयारी व्यापक रुपमा चलिरहेको छ।  बुढानीलकण्ठ नगरपालिकामा कसले वडा अध्यक्षको टिकट पाउलान् त भनी यतिबेला चर्चा बनेको छ। नगरपालिकाका वडाहरुमा आ–आफ्नो दावेदारीसमेत प्रस्तुत गर्न थालेका छन्। नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा लड्न लागेकामा पुराना अनुहार नै  बढी देखिन्छन्। काँग्रेसले कसलाई उम्मेदवार बनाउला भन्ने चर्चा चलिरहेका बेला विभिन्न आकांक्षी उम्मेदवारहरुको नाम सार्वजनिक हुन थालेको छ।
 
 
बुढानीलकण्ठ नगरपालिकाको १ नं वडाको अध्यक्षका लागि काँग्रेसबाट उत्तम खड्का, बाबुराम लामा, बालकृष्ण खड्का लगायतको नाम चर्चामा छ।  त्यस्तै साविक २ र ३ वडालाई समायोजन गरेर बनाइएको २ नं वडामा  काशी बहादुर श्रेष्ठ, जनक थापा र कौशीला श्रेष्ठलाई वडा अध्यक्षको प्रत्यासीको रुपमा हेरिएको छ।   त्यस्तै ३ नं वडामा अरुण ठकुरि, बह्मदेव श्रेष्ठ, आकाश धिताल मध्ये एकलाई काग्रेसबाट वडाध्यक्षको उमेदवारको रुपमा लिइएको छ।
 
राजु खड्का र ऋषिराम केसी वडा नं ४ वाट अध्यक्षको प्रत्यासी हुन सक्ने अनुमान लगाउन थालिएको छ। अरुण केसीलाई वडा नं ५ का लागि नाम चलेको अनुहार हो। वडा नं ६ को वडा अध्यक्षको लागि काँग्रेसमा धेरैले आफ्नो उपस्थिति खोजेका छन्। नविन केसी, हरिशरण खड्का, दिपक केसी तथा विजयलगायत आफ्नो उपस्थिति खोज्नेमा पर्छन्।
 
७ नं वडामा राजेन्द्र महर्जन, बद्री केसी तथा अर्जुन खत्रीले आफुलार्इ अध्यक्षको प्रत्यासीको रुपमा दाबी गरिरहेका छन्। वडा नं ८ को अध्यक्षका लागि शम्भु थापा ,गोकुल बरुवाल , प्रमोद घिमिरे, सुरेश केसी, सानुभाइ खत्री अध्यक्षको प्रत्यासीका लागि लाइनमा बसेका छन्।
 
यो वडामा साविक ९ र १० लार्इ समायोजन गरिएको छ। कुल १३ वडा रहेको नगरपालिकाको ९ नं वडामा शंकर आचार्य र शम्भु कार्की यसको लाइनमा अग्रपंक्तिमा छन्। श्याम डोटेल , रामप्रसाद लुइटेल, नारायण घिमिरे र रीता बुढाथोकीमध्ये एक १० नं वडाको अध्यक्षको उमेद्वारी बन्दै छन्।
 
बुढानीलकण्ठ नगरपालिकाका साविक १३ १८ र १९ वडालार्इ समायोजन गरेर बनाइएको वडा ११ लार्इ विशेष महत्वको रुपमा लिइएको छ।  यहाँको अध्यक्षको लागि दिलिप खत्री, राधेश्याम कार्की र अच्युत पौडेल चुनावी माहोलमा होमिन खोज्दै छन्।
 
त्यस्तै नगरपालिकाको वडा नं १२ मा  मनोज सिग्देल, होमनाथ तिम्सिना र टंक सापकोटाको  नाम चर्चामा छ भने मदन श्रेष्ठ, रामलाल श्रेष्ठ र महेन्द्र श्रेष्ठले वडा नं १३ को अध्यक्षमा लड्ने मनसाय बनाएका छन्।
 
बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन देशभरका ६ हजार ६८० वडाबाट त्यत्तिकै मात्रामा वडा अध्यक्षहरु छानिदै छन्।
 
 
 
 
 
 
 
 
 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ