arrow

लामखुट्टे धपाउन बालेको घुरले जलेकी साहिराकाे मृत्यु

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
dead-body-new.jpeg

इनरुवा । लामखुट्टे धपाउनका लागि बालेको घुर ताप्ने क्रममा गम्भीर घाइते भएका घुस्की गाविस–३ का ६५ वर्षीया साहिरा खातुनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत चैत ९ गते गाईको गोठमा लामखुट्टे धपाउनका लागि बालेको आगो ताप्ने क्रममा सारीमा आगो सल्की खातुन गम्भीर घाइते भएकी थिइन् ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ