arrow

अलैंची खेती सम्वन्धी तालिममा १४ गाविसका अगुवा कृषक सहभागि

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ चैत ११ शुक्रबार
alaichee.jpeg
लिबाङ (रोल्पा)।  जिल्ला कृषि विकास कार्यालय रोल्पाको आयोजनामा अलैंची खेती सम्वन्धी तीन दिने जिल्ला स्तरीय अगुवा कृषक तालिम सम्पन्न भएको छ। आइतबारदेखि संचालन भएको तालिम मंगलबार सम्पन्न भएको बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले आज जानकारी दिए। 
 
उनका अनुसार कृषकहरुलाई अलैंची खेती प्रविधिको बारेमा ज्ञान, सीप हस्तान्तरण गरी ब्यवसायिक रुपमा अलैचीं खेतीतर्फ उन्मुख गर्ने तथा गुणस्तरीय विरुवा उत्पादन गर्नका लागि अलैंची नर्सरी सम्वन्धी ज्ञानदिई कृषकहरुलाई नर्सरी स्थापनामा प्रेरित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो।  तालिममा लिबाङ, कोर्चाबाङ, घर्तीगाउँ, जेलबाङ, जैमाकसला, दुबिडाँडाँ, डुब्रिङ, फगाम, पाङ, ह्वामा, धबाङ, गैरीगाउँ, घोडागाउँ र खुंग्री गाविसका ४ जना महिला तथा १८ जना पुरुष गरी २२ जना कृषकहरुको सहभागिता रहेको थियो। 
 
श्रेष्ठका अनुसार उदयमान वालिका रुपमा रहेको अलैंची हाल जिल्लामा ७० हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ भने यसवर्ष अलैंची खेतीका लागि ९ हेक्टर क्षेत्र विस्तार हुने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत अलैंचीको ब्लक र पकेटहरु स्थापना भई थप क्षेत्र विस्तार हुने भएको छ। अलैंची प्रमुख मसलावाली एवम् नगदेबाली भएको हुँदा रोल्पाली कृषकहरुको दिनप्रतिदिन यसतर्फ आकर्ष बढ्दै गएको छ। 
 
अलैंची कम वजनदार तथा बढी मूल्यवान वाली भएको हुँदा यसको प्रबद्र्धन गरी बढी आम्दानी लिन सकिने कृषकहरुले बताएका छन्। अलैंचीको खेती सेपिलो, ओसिला, प्रशस्त चिस्यान खोल्साखोल्सीमागर्न सकिने हुनाले खेर गइरहेको जग्गाको सदुपयोग गरी थप क्षेत्र विस्तार गर्न सकिने श्रेष्ठको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ