arrow

कर्मचारी दलको कार्यक्रममा झन्डा बोकेर सहभागि हुनु कानुन प्रतिकूल

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
mantri-g-new-sa.jpeg

काठमाडौँ  । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले राजनीति र प्रशासन दुवै क्षेत्रमा विकृति र विसङ्गति भएकाले दुवै क्षेत्र सुध्रिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सामान्य प्रशासन मन्त्रालय र प्रशासकीय अदालतको संयुक्त आयोजनामा ‘निजामती सेवा सञ्चालन, आचरण र अनुशासन एवम् विभागीय कारबाही’ विषयक छलफलम उनले भने, “कर्मचारी सङ्गठनले राजनीतिक दलको कार्यक्रममा झन्डा बोकेर सहभागी हुनु कानुन प्रतिकूल छ ।”

मन्त्री बुढाथोकीले जनताप्रति उत्तरदायी भई सेवा प्रवाह गर्न र निर्वाचनको कार्यलाई सहयोग पुर्‍याउन कर्मचारीलाई निर्देशन दिए । सचिव र विभागीय प्रमुखको समेत सहभागिता रहेको उक्त कार्यक्रममा मुख्य सचिव सोमलाल सुवेदीले अनुशासनहीन काम गर्नेलाई विभागीय कारबाही गर्न भने ।

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले कार्यपत्र प्रस्तुत गर्दै निर्णय गर्दा आधार कारण उल्लेख नगरी निर्णय गर्ने प्रथा अन्त्य गर्ने तथा जवाफदेही बहन नगर्नेहरुबाट क्षतिपूर्ति भराउनेसमेत व्यवस्था गर्नेमा जोड दिए ।

सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सरुवा, काज, अध्ययन बिदा कानुनसम्मत नभएकोतर्फ सचेत हुन सबैलाई ध्यानाकर्षण गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ