arrow

नेपालका लागि भारतीय राजदूत पुरी काठमाडौं आउँदै

ईयु र राष्ट्रसंघमा काम गरेको अनुभव

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
puri-g-news.jpeg

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी शुक्रबार नेपाल आउँदै छन् । रणजित रायको कार्यावधि सकिएपछि नेपालस्थित भारतीय दूतावास सम्हाल्न पुरी आउन लागेका हुन् । राय फागुन अन्तिमसाता आफ्नो कार्यकाल पूरा गरेर भारत फर्किसकेका छन् ।

भारतले मन्जिवसिंहलाई राजदूतको रुपमा नियुक्त गरेको पत्र नेपाललाई पठाएपछि उनको नाम नेपालले अनुमोदन गरेको थियो । नयाँ राजदूत पुरीले यसअघि युरोपियन युनियन, बेल्जियम र लक्जेम्बर्गको राजदूत भएर काम गरिसकेका बताइएको छ ।

उनले संयुक्त राष्ट्रसंघका लागि पनि भारतीय प्रतिनिधिको रूपमा काम गरिसकेका छन् । बेल्जियममा हुँदा पुरीले नेपालको फोटो राखेर भारतको पर्यटन प्रवद्र्धन गरेको आरोप लागेको थियो । उनी सन् १९८२ मा भारतीय परराष्ट्र सेवामाप्रवेश गरेका बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ