arrow

पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेती भन्छन्न, केन्द्रमै मतगणना गरिनुपर्छ

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
nilkantha-up-news.jpeg
काठमाडौं। पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्न मिल्नेगरि स्थानीय तह निर्वाचन व्यवस्थान ऐनमा भएको प्रावधानलाई संशोधन गर्नुपर्ने सुझाव दिएका छन्। शुक्रबार आयोजना गरेको निर्वाचनका चूनौतिहरु विषयक साक्षात्कारमा बोल्दै पूर्व प्रमुख आयुक्त उप्रेतीले निर्वाचन सम्पन्न भएलगत्तै मतपरिणाम निर्वाचन केन्द्रमै गणना गर्नुपर्ने बताएका हुन्। उनले भने,‘मतपरिणाम अन द स्पट गणना गर्दा राम्रो हुन्छ, मतपत्र बोकेर सदरमुकाम धाउने काम गर्नुहुँदैन, यस्तो भयो भने ३ घण्टाभित्रै निर्वाचनको परिणाम आउँछ।’
 
उनले विश्वका धेरै देशहरुमा स्थानीय तहको निर्वाचनको मतगणना निर्वाचन केन्द्रमै गरिने गरेको उदाहरण पेश गर्दै भने,‘हाम्रो देशमा पनि अब यसलाई लागु गर्नुपर्छ ।’ चुनाव आउने अब जम्मा ५० दिन बाँकी रहेकोले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नको लागि चूनौतिका बक्रेल्ती पर्खाल रहेको बताउँदै उप्रेतीले भने,‘पहिलो र प्रमुख चूनौति भनेको दलीय सहमति कायम गर्नुपर्छ, निर्वाचन सबैलाई चाहिएको छ, यसको लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरु चुनावमा भाग लिन जरुरी छ।’ धेरै लामो समयपछि स्थानीय तहको निर्वाचन हुन गैरहेकोले उक्त निर्वाचन ऐतिहाँसिक निर्वाचन हुने बताउँदै उनले भने,‘८५ लाख नयाँ मतदाता छन्, त्यसैले कुनैपनि स्थान्मा निर्वाचन रोक्नुहुँदैन्, तर रोक्नुहुँदैन भन्ने नाममा लोकतन्त्रमा जबरजस्ती गर्ने कुरापनि आउँदैन्।’
 
साक्षात्कारमा उप्रेतीले समयभित्रै निर्वाचन गराउने कुरामा दलहरु जिम्मेवारी नबेको आफूले पाएको स्पष्ट पारे। उनले भने,‘आवधिक निर्वाचनको अहिलेसम्म सुनिश्चितता भएको छैन्।’ उनले राजनीतिक दलहरुले चुनाव गराउन नसकेर भन्दापनि नचाहेर नभएको आरोप लगाए। उप्रेतीले थपे,‘दलहरुमा चुनाव गराउन नचाहने मनोविज्ञान देखिएको छ।’ यद्धपी उनले स्थानीय तहको निर्वाचन भएको ५ वर्षभित्रै अर्थात ५ वर्ष पुग्न दुई महिना बाँकी रहँदै फेरि निर्वाचन हुने सुनिश्चितता हुनु अत्यन्तै सकारात्मक कुरा भएको टिप्पणी गरे। 
 
त्यस्तै उनले प्रान्त र संघीय संसदको निर्वाचनसम्बन्धी ऐन हेर्न बाँकी नै रहेको बताउँदै भने,‘लोकतन्त्रको जग हाल्ने, लिडरसिप चयन गर्ने, ४० प्रतिशत महिलाहरुले उम्मेद्धवारी दिने अवसर भएकोले यो मौकालाई कसैले पनि खेर फाल्नुहुँदैन्।’ उनले स्थानीय तहको निर्वाचनमा १५ हजार महिला उम्मेद्धवार हुने स्पष्ट पारे । उनले निर्वाचनको लागि वातावरण बनाउनको लागि दलहरु गाउँमा जानुपर्नेमा जोड दिए। उप्रेतीले थपे,‘काठमाडौं र सिंहदरबारमा बसेर हुँदैन्, निर्वाचनको वातावरण तय गर्नको लागि त गाउँमै जानुपर्‍याे  नि।’
 
उप्रेतीले निर्वाचन अत्यन्तै खर्चिलो हुने समेत बताए। उनले थपे,‘यो निर्वाचन अत्यन्तै खर्चिलो हुन्छ, कतिपय उम्मेद्धवारले पैसा छैन, खर्चका आफ्नै सिमा छन्, एउटा बाहिरी सिमा र अर्को भित्री सिमा छ।’
 
उप्रेतीले अहिले निर्वाचनको माहोल तयार भएको स्पष्ट पारे उनले भने,‘अहिले निर्वाचनको माहोल तयार हुँदैछ, असुन्तुष्ट दलहरुपनि अलि नरम बनेका छन्।’ यद्धपी उनले निर्वाचनको लागि समय भने अत्यन्तै थोरै भएको गुनासो पोखे। उप्रेतीले थपे,‘मतपत्र छाप्नमात्रैपनि ४५ दिन लाग्छ, निर्वाचन आयोगलाई हात समातेर एकै दिनमा निर्वाचन गराउन सरकारले हात बाँध्ने काम गर्‍याे।’
 
उनले ७४४ वटा स्थानीय सरकारको निर्वाचन एकै चरणमा गर्नुभन्दापनि दुई वा तीन चरणमा गर्दा राम्रो हुने थियो भन्दै सरकारले यसमा गलत गरेको आरोप लगाए। उनले भने,‘संघको चुनाव एक दिनमा गर्दा राम्रो हुन्छ, प्रदेशको चुनाव ७ दिनमा गर्दा राम्रो हुन्छ, तर ७४४ वटा स्थानीय सरकारको चुनाव एकै चरणमा गर्नु भनेको गाह्रो छ।’
 
उनले निर्वाचन सफल रुपमा सम्पन्न गर्नको लागि मतदाता शिक्षा पनि आवश्यक रहेकोले सरकारले यसमा ध्यान पुर्याउनुपर्नेमा जोड दिए। उनले भने,‘अझैपनि हाम्रो देशमा आँखामा मत हाल्नुहोस् है भनेर सिकाउँदापनि भित्र गएर आफ्नै आँखामा छाप हालेर आउने मतदाता छन्, त्यसैले यसको लागि सरकारले विशेष जोड दिनुपर्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ