रौतहट । स्वास्थ्य मन्त्री गगन थापाले अस्पतालको सुदृढिकरणको लागि देशभरनै थप कार्यक्रम संचालन गर्न लागिएको बताएका छन् । रौतहटको सदरमुकाम गौरमा संचालित शिबिरको शुक्रबार निरिक्षण गर्दै मंन्त्री थापाले जिल्ला अस्पतालबाट सेवा प्रभाबकारी हुन नसक्दा शिबिरमा बिरामीको घुईचो लागेको बताए ।
औषधी र सामग्रीको अभाब हुन नदिने बताउदै थापाले अस्पतालबाट चाहिने सामग्रीको तथ्याङ्क माग गरिसकेको र यसै आर्थीक बर्षमा सबै अस्पतालमा पुर्याइसकिने जनाए । जिल्ला अस्पतालमा स्थायी मेडिकल अधिकृत र एक जना बालरोग बिशेषज्ञको ब्यबस्था गरिने समेत उनले बताए । प्रसुतीको सन्दर्भमा हुने जटिल उपचार र आकस्मिक सर्जरीको सेबा जिल्ला अस्पतालबाट अबका दिनमा हुने थापाले बताए ।
जिल्ला अस्पताल गौरबाट सेबा प्रभाबकारी हुन नसकेका कारण शिबिरमा उपचार गराउनेको संख्या बढेर गएको स्थानीयबासिन्दाले स्वास्थ्य मंन्त्री गगन थापा लाई गुनासो गरेका थिए ।स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत ८ गते देखि निशुल्क सघन स्वास्थ्य शिबिर संचालन भएको हो ।
सो शिबिरमा बिहीबार सम्म १ हजार १ सय ७५ जनाले निःशुल्क स्वास्थ परिक्षण गराएका छन् । जस मध्ये ६ सय ५९ महिला र ५ सय १६ जना पुरुष रहेका छन् । २० जनाको सघन सल्यक्रिया गरिएको नेपाली सेनाले जनाएको छ । “आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क शल्यक्रिया गर्ने उद्देश्य भएपनि सो शिबिर बाट सम्पन्न परिबारले समेत फाईदा लिएको पाइएको छ । महिलाहरुमा देखिने पाठेघरको समस्या तथा पुरुषहरुमा देखिने हाइडोशील, हर्निया, फेस्टुला, बासिर, भगन्दरको शल्यक्रिया उक्त शिबिर बाट भैरहेको छ ।