arrow

अखिलका नेताहरु कुटाकुटमा उत्रिए

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
akhil-new-photo.jpg.jpeg
काठमाडौं । पव्लिक युथ क्याम्पसमा अनेरास्ववियुकै क्याम्पस कमिटीका एक नेताले आफ्नै कमिटीमा आवद्ध नेतालाई कुटपिट गरेपछि अखिल भित्रै आलोचना भएको छ ।
 
पव्लिक युथ क्याम्पसका उपाध्यक्ष अमित महरले सहसचिव आकाश खनालाई कुटपिट गरेको अनेरास्ववियुले जानकारी दिएको छ । महरले खनाललाई छुद्र बचन प्रयोग गर्दै कुटपिट गरेका हुन् । क्याम्पस हाता भित्रै महरले खनाललाई कुटपिट गरेपछि अनेरास्ववियुका कार्यकर्ताहरुले उनको उदण्ड कार्यशैलीको विरोध गरेका छन् ।
 
‘विद्यार्थीको काम गरिरहेका खनालमाथि भूकम्प पीडितको कार्ड नल्याइदिएको भन्दै एक्कासी महरले निर्घात कुटपिट गरेका हुन्,’ प्रत्यक्षदर्शी एक विद्यार्थीले भने । घाइते खनालको मनमोहन हस्पिटलमा उपचार भएको छ । घाइते खनालको देब्रे कानको जालिमा प्वाल परेको डाक्टरको रिर्पोटमा उल्लेख छ ।
 
संगठन भित्रै यस्ता खाले हर्कत हुन विडम्बना भएको अनेरास्ववियुका एक पदाधिकारीले जानकारी दिए । ‘अनेरास्ववियु अनुशासनको अर्को नाम हो भन्दै हामी हिड्छौँ,’ उनले भने, ‘आफ्नै संगठनका साथीहरुलाई नै गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हिड्नेहरुका कारण संगठनकै वेइज्जत भएको छ ।’ पीडित खनालले घटना संगठन भित्रको भएको भन्दै आफूहरुले सकेसम्म बाहिर ल्याउन नखोजेको भन्दै संगठनले आफूलाई न्याय गर्ने बताए ।
 
महरले यस अघि पनि आफ्नै कमिटिका साथीहरुलाई पटक–पटक धम्क्याउँने, हातपातको प्रयास गर्ने जस्ता हर्कत गर्दै आएका थिए । यस अघि पनि महरलाई संगठनले कारवाही गरेको थियो । तर, उनको कारवाही केही समयमै फिर्ता भएको थियो । उपाध्यक्ष महर अनेरास्ववियु केन्द्रीय कमिटिका महासचिव ऐन महरका भाई समेत हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ