एजेन्सी । 'बाहुबली २' र रजनीकांतको '२.०' (रोबर्टको सिक्वेल) बीच कडा प्रतिस्पर्धा चलिरहेको छ । दुवै चलचित्रल रिलिज भएका छैनन् । तर रिलिज हुनु भन्दा पहिले नै रेकर्ड बनाउन सफल देखिन्छन् ।
'बाहुबली २' को ट्रेलर युट्युवमा रजनीकांतको चलचित्र कबाली भन्दा बढि हेरिएको छ । भने '२.०' ले सेटेलाइट राइट्सको मामिलामा 'बाहुबली २' लाई पछाडि छोडेको छ ।
रजनीकांतको चलचित्र '२.०' हिन्दी, तेलगु र तमिल भर्जनमा सेटेलाइट राइट्स बिक्रि भएको छ । चलचित्रको सेटेलाइट राइट्स ११० करोड भारतीय रुपैयामा बिक्रि भएको छ ।
त्यसैगरि 'बाहुबली २' को सेटेलाइट राइट्स ७८ करोड रुपैयामा बिक्रि भएको छ । ७८ करोड रुपैया मध्ये ५० करोडको सेटेलाइट राइट्स हिन्दी भर्जनमा बिक्रि भएको चलचित्रका निर्माताले बताएका छन् । चलचित्रको अन्य २८ करोड रुपैया मल्यालम, तमिल र तेलगु भर्जनमा बिक्रि भएको छ ।
'बाहुबली २' २८ अप्रिलमा रिलिज हुदैछ भने रोबर्ट '२.०' १८ अक्टोबरमा रिलिज हुदैछ ।