arrow

चीनले चालकरहित रेल चलाउने

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
china-train.jpeg
बेङजिङ। बेइजिङमा यसै वर्ष चालक रहितको रेल चलाउने तयारी भइरहेको स्थानीय अधिकारीहरुले शुक्रबार बताएका छन् । 
 
स्वदेशमै निर्माण गरिएको पूर्णसुविधा सम्पन्न चालकविहिन रेल चीनका मुख्य मुख्य ठाउँमा चलाउने तयारी भइरहेको बेइजिङको गाउँ शहर विकास आयोगका एक जना प्रवक्ताले जानकारी दिए । 
 
बेइजिङको १६.६ किलोमिटर यानफाङ लाईनमा यस्तो प्रकारको रेल चलाउनेगरी काम भइरहेको उनले बताए । मध्यम गतिको र आधुनिक रेल सञ्चालनका लागि सन् २०१७ भित्रमा सवै तयारी पुरा भइ सञ्चालनमा आई सक्ने अनुमान गरिएको छ ।सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ