arrow

२४ घण्टामै बामदेवको बोली फेरियो

संविधान संशोधन कुनै हालतमा हुन दिन्नौँ

logo
प्रकाशित २०७३ चैत ११ शुक्रबार
bamdev-gautam.jpg.jpeg

पर्वत । एमाले उपाध्यक्ष वामदेव गौतमले कुनै पनि हालतमा संविधान संशोधन हुन नदिइने बताएका छन् । एमाले पर्वतले सदरमुकाम कुश्माबजारमा गरेको अगुवा कार्यकर्ता भेलामा नेता गौतमले संविधान संशोधन हुन नदिने बताएका हुन् । उनले भने, ‘स्थानीय तहको चुनाव गर्न संविधान संशोधन आवश्यक छैन।’ संविधानको सफल कार्यान्वयनका लागि एमालेले प्रतिपक्षमै बसेर भए पनि रचनात्मक भूमिका निर्वाह गर्छ । यद्यपि, नेता गौतमले २४ घण्टामा बोली फेरेका छन् ।

विहिबार सभामुख ओनसरी घर्तीको कार्यकक्षमा कार्यदलका सदस्यहरुसहित भएको सत्तापक्ष र प्रतिपक्षको बैठकबाट बाहिरिँदै नेता गौतमले सिमाङ्कनको विषय थाती राखे आफुहरुले संवैधानिक प्रक्रियाको विरोध नगर्ने बताएका थिए । प्रधानमन्त्रीले तत्काललाई सिमाङ्कन थाती राख्ने प्रस्ताव गरेपछि एमाले संविधान संशोधनमा सकारात्मक रहेको एमाले नेताहरुले बताएका थिए । साँझ बालुवाटारमा भएको छलफलमा समेत एमाले सकारात्मक देखिएको थियो ।

यस्तै, नेता गौतमले आगामी वैशाख ३१ गते स्थानीय निकायको चुनाव गर्नाको विकल्प छैन भने । अर्को प्रसङ्गमा पूर्वउपप्रधानमन्त्री गौतमले हामी अन्तिमसम्म पनि स्वतन्त्रताको रक्षा गर्ने मुख्य शक्तिका रुपमा रहन्छौँ भनेका छन् । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य गणेश तिमिल्सिना, नेता जनक विश्वकर्मा, केन्द्रीय अनुशासन आयोगका सदस्य गणेश पौडेल, वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपाली, नेत्री मना केसी, सांसद कल्पना चापागार्इं र विकास लम्साललगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ